सिलगढी: विधाननगर पुलिसले मुरलीगञ्ज चेक पोस्टमा छापा मारेर दश चक्के कन्टेनर कब्जा गरेको छ। खोजीका क्रममा कन्टेनरबाट २५ भैँसी बरामद भएको थियो। यस घटनामा पुलिसले कन्टेनर चालकलाई नियन्त्रणमा लिएर पुलिस चौकीमा ल्याएको छ। पक्राउ पर्नेमा ४४ बर्षीय सन्तोष कुमार हुन्। उनी उत्तर प्रदेशको सामलीका बासिन्दा हुन्। विधाननगर पुलिस चौकीका पुलिस स्रोतका अनुसार दश पाङ्ग्रे कन्टेनरबाट जम्मा २५ भैँसी बरामद भएको छ। बरामद भैँसी बिहारबाट ल्याएर तस्करीका लागि असम हुँदै बंगलादेश लगिएको थियो। पक्राउ परेका व्यक्तिलाई बिहीबार सिलगढी डिभिजनल अदालतमा पेश गरिएको थियो।