जेलेन्स्कीको गृहनगरमा रुसद्वारा मिसाइल आक्रमण, चार जनाको मृत्यु

IMG-20250306-WA0215

नयाँ दिल्ली: युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीको गृहनगरमा एक होटलमा रुसले गरेको मिसाइल आक्रमणमा परी चार जनाको मृत्यु भएको छ। 
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार जेलेन्स्कीले ब्रसेल्समा युरोपियन नेताहरुसँग शिखर सम्मेलनको तयारी गरिरहेका बेला यो आक्रमण भएको हो।
शहरका क्षेत्रीय गभर्नर सेरही लिसाकका अनुसार क्रिभिमा रुसी मिसाइलबाट कम्तिमा चार जनाको मृत्यु हुनुका साथै ३१ जना घाइते भएका छन्।
सेरही लिसाकले मिसाइल युक्रेनको केन्द्रीय शहरमा एक होटलमा खसेको थियो। जसमा १३ अपार्टमेन्ट र १२ पसल क्षतिग्रस्त भएको बताए।
युक्रेनको रणनीतिक उद्योग मन्त्रालयका सल्लाहकार यूरी साकले यसलाई शान्तिपूर्ण होटलमा आक्रमण गरिएको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement