हिलीमा एक बंगलादेशीसहित तीन पक्राउ, नक्कली कागजात बनाउने पनि पक्राउ 

IMG-20250306-WA0180

दक्षिण दिनाजपुर: हिलीमा एक बंगलादेशीसहित तीन जना पक्राउ परेका छन्। साथै नक्कली कागजात बनाउने व्यक्ति पनि पक्राउ परेका छन्।  
दक्षिण दिनाजपुर जिल्ला प्रहरीको ठूलो सफलता पछि गोप्य स्रोतबाट सूचनाका आधारमा पुलिसले हिली पुलिस चौकी क्षेत्रको त्रिमोहिनीबाट एक बंगलादेशी नागरिकसहित तीन जनालाई पक्राउ गरेको हो।
श्यामकुमार साह नामका बंगलादेशी नागरिक अवैध रुपमा भारत प्रवेश गरी भारतीय गाउँमा बस्दै आएका थिए। उनलाई अमृत दास नामका भारतीय नागरिकले आश्रय दिएका थिए, त्यसैले आश्रय दिने भारतीय नागरिक अमृत दासलाई पनि पक्राउ गरिएको छ। यसका साथै भारतीय बैंकको नक्कली प्यान कार्ड, आधार कार्ड र पासबुक बनाएको अभियोगमा किस्मत दापट क्षेत्रका आलोक पाललाई पनि प्रहरीले पक्राउ गरेको छ।
पक्राउ परेका अभियुक्तलाई अदालतमा पेश गरिने पत्रकार सम्मेलनमा डिएसपी हेडक्वार्टर विक्रम प्रसादले जानकारी दिए। पुलिसले सम्पूर्ण घटनाको अनुसन्धान सुरु गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement