श्रीमती रहस्यमय रूपमा बेपत्ता, चिन्तित श्रीमान पुलिस चौकी पुगे

IMG-20250306-WA0179

काेचबिहार: अचानक श्रीमती रहस्यमय ढंगले बेपत्ताभए पछि श्रीमानले रातिदेखि खोजी गरिरहेका छन्। घटना शीतलकुचीको गोलेनावती ग्राम पञ्चायत ठाकुरपारा क्षेत्रमा भएको हो। हिजो बिहान श्रीमान्–श्रीमतीबीच सामान्य झगडा भएको बताइएको छ। राति शौचालय जान घरबाट निस्किएकी एक गृहिणी रहस्यमय ढंगले बेपत्ता भएकी छन्। श्रीमानले गएरातिदेखि श्रीमतीको खोजी गरिरहेका थिए। घटना भएको २४ घण्टा बितिसक्दा पनि कुनै सुराग नभेटिएपछि बेपत्ता गृहिणीका श्रीमान् शहिदुल मियाले शीतलकुची पुलिस चौकीमा हराएको उजुरी दिएका थिए।  हिजो श्रीमान्–श्रीमतीबीच सामान्य झगडा भएको थियो, त्यसपछि दिन बित्यो र राति ८ बजेतिर गृहिणी शौच गर्न गएको शहिदुल मियाँले बताए। धेरै समय बितिसक्दा पनि उनी घर फर्किनन्। शौचालय गएपछि गृहिणी नभएको देखे। त्यसपछि श्रीमानले विभिन्न ठाउँमा खोजी गरे पनि गृहिणी अझै फेला परेनन्। यस सम्बन्धमा गृहिणीका श्रीमानले आज शीतलकुची पुलिस चौकीमा हराएको उजुरी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement