मालदा: मालदाको गजोलमा रहेको राष्ट्रिय राजमार्ग ५१२ मा भएको भीषण सडक दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्। यो घटनालाई लिएर सो क्षेत्रमा निकै सनसनी मच्चिएको छ। यो दुर्घटना आज बिहान करिब ५ः३० बजे भएको हो।
देवतला क्षेत्रका धेरै मानिस गजोलामा कोही माछा बेच्न र कोही पसलबाट तरकारी किन्न गएको बताइएको छ। गजोल जाने क्रममा गंगारामपुरतर्फ जाँदै गरेको अज्ञात गाडीले उनलाई ठक्कर दिएको हो। गजोल पुलिस चौकीबाट पुलिसले घटनास्थलमा पुगेर शव निकालेर गजोल प्रादेशिक अस्पतालमा ल्याएको थियो। घाइते मध्ये एकलाई माल्दा मेडिकल कलेज अस्पतालमा भर्ना गरिएको छ जहाँ उनको अवस्था गम्भीर छ। घाइतेको नाम निजामुद्दीन शेख(५५) हुन्। मृत्यु हुने ६० बर्षीय ललित भुइमाली, ४२ बर्षीय अल्ताफ हुसेन र ६० वर्षीय शमसुद्दीन शेख रहेको छ। घटनाका कारण सो क्षेत्र शोकाकूल रहेको छ।