फासिदेवावामा विद्यालयबाट घर जाने क्रममा सडक दुर्घटनामा परी एक विद्यार्थीको मृत्यु

IMG-20240930-WA0291

फासिदेवा: स्कुलबाट घर जाने क्रममा सडक दुर्घटनामा परी एक छात्राको मृत्यु भएको छ। घटना घोषपुकुर–खोडबारी राजमार्ग अन्तर्गत फासीदेवामा भएको हो। मृत्यु हुने विद्यार्थी ज्याकलिन जेजे हुन्। उनी घोषपुकुर निवासी थिइन्। उनी सेन्ट जोसेफ स्कूलको चौथो कक्षाको विद्यार्थी थिइन्।
विद्यालयपछि सडक पार गर्ने क्रममा विद्यार्थीलाई तरकारी बोकेको लरीले ठक्कर दिएको बताइएको छ। जसका कारण विद्यार्थीको घटनास्थलमै मृत्यु भएको हो। पछि स्थानीयले लरीलाई खेदेर रोकेका थिए। तर, घटनापछि चालकले मौका हेरेर फरार भए। लगत्तै पुलिसले घटनास्थलमा पुगेर लरी नियन्त्रणमा लिएको थियो।
यसैबीच, शव बरामद गरी पोस्टमार्टमको लागि उत्तर बंगाल मेडिकल कलेज र अस्पताल पठाइएको छ। घटनाका कारण सम्पूर्ण क्षेत्रमा शोक छाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement