मालदा: मालदा जिल्लाको अंग्रेजी बजार थाना क्षेत्रमा पुलिसले ठूलो डकैतीको षड्यन्त्रलाई असफल बनाएको छ। गोप्य स्रोतबाट सूचना पाएपछि गौरबंगा स्टेशनको पार्किङ एरियाबाट चारजना लुटेराको गिरोह पक्राउ परेको हो। उनीहरुको साथबाट भरुवा बन्दुक, फलामको रड र डोरी बरामद भएको छ। गौरबंगा स्टेशन नजिकैको पार्किङ क्षेत्रमा नौ लुटेराको समूह लुटपाट गर्ने नियतले जम्मा भएको अंग्रेजी बजार पुलिस चौकीले जनाएको छ। सुचनाका आधारमा अङ्ग्रेजीबजार पुलिसले छापा मारेर चार जनालाई पक्राउ गरेको छ भने बाँकी फरार छन्। उनीहरुको साथबाट हतियार र लुटपाट सम्बन्धी अन्य सामग्री बरामद भएको छ।गोप्य सूचनाका आधारमा पुलिसले कारबाही गर्दै चार जनालाई पक्राउ गरेको जिल्ला एसपी प्रदीप यादवले बुधबार जानकारी दिए। उनीहरुको साथबाट देशी पाइपगन, कार्टिज, धारिलो हतियार, फलामको रड, नायलन डोरीलगायत धेरै आपत्तिजनक सामान बरामद भएको छ।एसपीले आरटीलाई भने कि मोबाइल ड्युटीमा खटिएका पुलिस अधिकारीहरूले गौडबंगा स्टेशन नजिकैको ट्रक पार्किङ क्षेत्रमा आठ देखि नौ जनाले लुटपाट गर्ने योजना बनाएको सूचना पाए। खबर पाएलगत्तै पुलिस टोली घटनास्थलमा पुगेर क्षेत्रलाई घेराबन्दी गरेको थियो। राति १२ः५५ बजे छापा मारेर चार अभियुक्त पक्राउ परेका थिए भने बाँकी अन्धकारको फाइदा उठाउँदै फरार भएका थिए।