बालकृष्ण संघले आफ्नो संघमा पारिजात जयन्ती मनाउने निर्णय गरयो

Chhetriya-Samachar-1

सिलगढी: बालकृष्ण सङ्घ, सिलगढीले यस वर्षदेखि नेपाली साहित्यकी प्रसिद्ध लेखिका पारिजात (विष्णुकुमारी वाइबा)को ८८औँ जन्मजयन्ती आफ्नो सङ्घमा मनाउने निर्णय गरेको छ।
यस वर्ष पारिजात जयन्ती र शोभायात्रा सिलगढीमा दुईवटा संस्थाहरूले छुट्टाछुट्टै रूपमा मनाउने छन्। दुवै संस्थाले बालकृष्ण सङ्घलाई कार्यक्रममा सहभागी हुन आमन्त्रण गर्दा उत्पन्न भएको अन्योललाई मध्यनजर गर्दै सङ्घको साहित्यिक सम्पदाको गरिमा, एकता र सम्मानलाई ध्यानमा राखी २०२५ मार्च ३ मा बसेको सङ्घको कार्यसमितिको विशेष बैठकमा गहिरो छलफलपछि सङ्घीय पर्व मनाउने निर्णय गरिएको हो। बैठकमा आगामी दिनमा यी दुवै संस्था एउटै मञ्चमा आएर फेरि पारिजात जयन्ती मनाउने निर्णय पनि भएको छ।
संघका अध्यक्ष शर्मिला गुरुङ र सचिव निलम गजमेरले प्रेस विज्ञप्ति जारी गर्दै संघको निर्णयको जानकारी दिएका हुन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement