सिलगढी: अवैध ग्यास रिफिल गरेको आरोपमा एक जना पक्राउ परेका छन्। गोप्य स्रोतबाट प्राप्त जानकारीको आधारमा सिलगढी भक्तिनगर थानाको सादा पोसाकका पुलिसले फिश मार्केट स्ट्रीट, हैदरपाडा, सिलगढीबाट कृष्ण सरकारलाई पक्राउ गरेको छ। यी व्यक्तिले ठूला घरेलु ग्यास सिलिण्डरबाट साना ग्यास सिलिण्डरमा गैरकानूनी रूपमा ग्यास भरेर मनग्य नाफा कमाउने व्यवसाय गरिरहेका थिए। पुलिसले सबै अवैध ग्यास सिलिन्डरहरु बरामद गरेको छ।