जलपाईगुड़ी: जलपाईगुडी डिभिजनको रामसाई मेडल्ला र गोरुमारा सहित चपरामारी अभयारण्यमा गैँडाको गणना आजदेखि सुरु भएको छ। बुधबार र बिहीबार मार्च ५ र ६ मा दुई दिन जारी रहनेछ। गोरुमारा वन्यजन्तु महाशाखाका डीएफओ द्विजप्रतिम सेनले यी दुई दिन गैँडाको संख्यागणना हुँने र वन विभागले पर्यटकलाई प्रवेश नदिने घोषणा गरेका छन्। गोरुमारा राष्ट्रिय निकुञ्ज र चपरामारी वनका साथै नाथुआ रामसाई र जलपाईगुडी डिभिजनको छेउछाउका क्षेत्रहरूमा गैँडा गणना भइरहेको छ। गणना आज, मार्च ५ र ६ (बुधवार र बिहीबार) जारी रहनेछ, जहाँ वन अधिकारीहरूले पैदल र सवारी साधनमा गैँडा गणना गर्नेछन्, ट्र्याप क्यामेरा र हात्तीको प्रयोग गरी गैँडा गणना गर्नेछन्, जसको लागि ३७ भन्दा बढी टोली खटाइएको छ। जनगणनाका क्रममा पर्यटकका लागि वन बन्द रहनेछ। सन् २०२२ मा गरिएको पछिल्लो जनगणनामा गोरुमारामा ५५ गैँडा भेटिएका थिए। यसपटक यो संख्या बढ्ने वन विभागको अनुमान छ।
यसपटक गणनामा ३७ भन्दा बढी टोली संलग्न रहेको वन विभाग स्रोतले जनाएको छ। विगतको तुलनामा यसपटक गैँडाको संख्या बढी हुने वन विभागको अनुमान छ। यस जनगणनालाई सफल बनाउन दक्षिण धुपझोरा हात्ती शिविरमा दुई दिने तालिम शिविर आयोजना गरिएको छ। पहिलो दिन वन कर्मचारी र वन संरक्षण समितिका सदस्यहरुलाई तालिम दिइएको थियो भने दोस्रो दिन वातावरणीय संस्थाका सदस्यहरुलाई तालिम दिइएको थियो। सही जानकारी सङ्कलन गर्न वनकर्मीले ड्रोनलगायत आधुनिक प्रविधिको सहयोग लिइरहेका छन्।