भारतको खेलौना उद्योग तिब्र रुपमा बिकास तर्फ

IMG-20250305-WA0023

भारतमा खेलौना उद्योगको तीव्र विस्तार भइरहेको पाइएको छ। पञ्जाब नेशनल बैंकको रिपोर्ट अनुसार यस उद्योगको तीव्र विस्तारका कारण विगत ५ वर्षमा भारतबाट खेलौनाको निर्यात ४० प्रतिशतले वृद्धि भएको छ। सोही अवधिमा भारतमा खेलौनाको आयात भने ७९ प्रतिशतले घटेको छ। भारतीय समाचार संस्था एएनआईका अनुसार भारतको खेलौना उद्योग सन् २०२३ मा लगभग १५ अर्ब अमेरिकी डलर बराबर रहेको छ।
आर्थिक वर्ष सन् २०२५र२६ को बजेटले ‘मेड इन इण्डिया’ ब्रान्ड अन्तर्गत उच्च गुणस्तरका खेलौना उत्पादन गर्ने योजनालाई सहयोग गर्ने नीति लिएको छ।
बैंकको रिपोर्टअनुसार सन् २०३२ मा विश्व खेलौना बजारको कुल मूल्य १ खर्ब ७९ अर्ब अमेरिकी डलर बराबर पुग्ने देखिएको छ। भारतमा खेलौनाको उत्पादन बढ्दै जाँदा भारतीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्नेमात्र नभई यसले भारतलाई विश्वव्यापी औद्योगिक उत्पादनको केन्द्रका रूपमा विकास गर्ने सरकारको लक्ष्यलाई थप सुदृढ बनाउने अपेक्षा अपेक्षा गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement