अर्घाखाँचीमा नक्कली भारतीय नोटसहित एकजना पक्राउ

IMG-20250305-WA0011

अर्घाखाँची(नेपाल): गोरुसिंगे सन्धिखर्क सडक अन्तर्गत अर्घाखाँचीको शितगंगा १२ मा भारतीय नक्कली नोटसहित एकजना पक्राउ परेका छन्।
शितगंगा नगरपालिका वडा नम्बर  १२ को  ठूलो ढोडेनी पहिरो नजिकै जिल्ला प्रहरी कार्यालयबाट खटिएको गस्ती टोलीले खानतलासी गर्दा २ हजारका नक्कली ९ वटा नोटसहित एकजनालाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा पाल्पाको रैनादेवी छहरा गाउँपालिका ४ घर भइ हाल अर्घाखाँचीको शितगंगा नगरपालिका १ बस्दै आएका १९ वर्षीय दिपक राना भन्ने थानबहादुर बस्नेत क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी चक्रबहादुर मल्लले बताएl
नक्कली १८ हजार भारतीय रुपैयाँसहित पक्राउ परेका निज व्यक्तिलाई मुलुकी आचारसंहिता २०१७ को मुद्रा सम्बन्धी कसुरमा अर्घाखाँची जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी प्रमुख डिएसपी मल्लको भनाइ छ। 

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement