नृत्य, संगीत, रेडियो जकी, चेस र फुटबल जस्ता खेल क्षेत्रमा नारायण इन्टरनेशनल स्कुलको प्रतिबद्धता

IMG-20250303-WA0205

कोलकाता: दक्षिण भारतको प्रतिष्ठित शैक्षिक संस्था नारायण स्कूलको प्रशासनले आफ्नो शैक्षिक संस्थाको प्रतिष्ठा र गुणस्तर बढाउने दिशामा अघि बढिरहेको छ। यसैलाई मध्यनजर गर्दै विद्यार्थीको हितका लागि विभिन्न चरणमा कदम चाल्दै आएको छ। यसैबीच, ४८औँ कोलकाता अन्तर्राष्ट्रिय पुस्तक मेलामा सक्रिय सहभागी भइसकेपछि यस पटक विद्यालयको पाठ्यक्रमअन्तर्गत विभिन्न विषयमा व्यावहारिक तालिममार्फत नृत्य, संगीत, रेडियो जोकी, चेस र फुटबल जस्ता अन्य क्षेत्रमा दूरगामी विचारलाई व्यवहारिक कार्यान्वयनका लागि प्रत्यक्ष सम्पर्क निर्माण गर्ने योजनाअगाडि सारेको छ। यसअन्तर्गत विद्यालय प्रशासनले अन्तर्राष्ट्रिय ख्यातिप्राप्त डान्सर डोना गांगुली, ग्रान्ड मास्टर दिव्येन्दु बरुआ, फुटबलर मेहताब हुसेन, मुम्बईको चर्चित म्युजिक स्कूल फुर्ताडोस र गुडगाउँको म्युजिक स्कूल टोरिन्स र रेडियो जकी वरुणसँग सम्झौता गरेको छ। आशा छ यसको फाइदा छिट्टै देखिनेछ।
संयोगवश, नारायणा स्कुल पश्चिम बङ्गाल र नारायण इन्टरनेशनल स्कुलका तर्फबाट एकेडेमिक हेड प्रियंका मुखर्जीले हल्लै कोलकाता प्रेस क्लब परिसरमा आयोजित एक औपचारिक कार्यक्रममा उक्त सम्झौताको औपचारिक घोषणा गरिन्। सो अवसरमा ग्रान्डमास्टर दिव्येन्दु बरुआ, डान्सर डोना गांगुली, प्रख्यात फुटबलर मेहताब हुसैन, रेडियो जकी वरुण, एम्स म्युजिक स्कूल फुर्ताडोस, मुम्बईकाे एमस म्युजिक स्कूल फुटराडाेस र गुडगाउँकाे म्यूजिकट स्कूलका प्रतिनिधिहरू पनि उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement