सिलगढी: भक्तिनगर थानाको पुलिसले बालुवा र ढुङ्गाको अवैध ढुवानी विरुद्ध निरन्तर अभियान चलाइरहेको छ। मंगलबार पुलिसले सेवक रोड चेकपोष्ट नजिकै छापा मारेर बालुवा र ढुङ्गाले भरिएको ट्रक नियन्त्रणमा लिएको थियो। घटनामा संलग्न ट्रक चालक लक्ष्मण सिंहलाई पुलिसले नियन्त्रणमा लिएको छ। पक्राउ परेका लक्ष्मण सिंह प्रकाशनगर क्षेत्रका बासिन्दा हुन ।महानंदा नदीबाट अवैध रूपमा बालुवा र ढुङ्गा उत्खनन गरी राजस्व छली गरेको आरोपमा पुलिसले लक्ष्मण सिंहलाई ट्रकसहित पक्राउ गरेको बताइएको छ। उनलाई आज जलपाईगुडी अदालतमा पेश गरिएको छ। अवैध बालुवा ढुङ्गा ओसारपसारविरुद्धको अभियानलाई निरन्तरता दिइने भक्तिनगर पुलिस चौकी श्रोतले जनाएको छ।