खोरीबारी: जीवन बहुमूल्य छ, यसको संरक्षण र रक्षा गर्नु हाम्रो कर्तव्य हो, सानो गल्तीले ठूला घटनाहरू निम्त्याउन सक्छ। यसका लागि सँधै सजग रहनुपर्छ। रिगल रिसोर्स लिमिटेड, गलगलियामा मंगलबार सुरक्षा सप्ताह सुरु भएको छ। कम्पनीका आयोजना प्रमुख हरिश सिंहले कर्मचारीहरुलाई सुरक्षाको सपथ गराएका थिए। सुरक्षा सप्ताह सुरु हुनुअघि आयोजना प्रबन्धकले झण्डा फहराएर सुरक्षा सप्ताहको उद्घाटन गरेका थिए। कम्पनीका सुरक्षा अधिकृत सरोजकुमार रायले कर्मचारीलाई सुरक्षाका विषयमा धेरै उदाहरण र सुझाव दिए। उनले काममा लापरवाहीका कारण हुने दुर्घटनाको डेमो पनि प्रस्तुत गरे। सडकमा मोटरसाइकल चलाउँदा, साना वा ठूला कम्पनीमा काम गर्दा हेल्मेटले जीवनको सुरक्षा प्रदान गर्ने बताए। त्यसैले कम्पनीमा काम गर्ने कर्मचारीले ड्युटीमा जाँदा हेल्मेट लगाउनुपर्छ। उनले सात दिने कार्यक्रमको बारेमा पनि जानकारी दिए। सो अवसरमा फायर सर्भिस विभागका अधिकारी, कम्पनीका मानव संसाधन प्रबन्धक रञ्जन सरकार, कृष्ण मिश्र, उमाशंकर राजु, बब्लु कुमार, दीपक कुमार र निताई चौधरी आदिको उपस्थिति रहेको थियो।