रियलमा सपनालाई बाँचिरहहेछन युवा स्ट्राकर भिनिसियस जूनियर

IMG-20250304-WA0222

नयाँ दिल्ली: रियल म्याड्रियका युवा स्ट्राइकर भिनिसियस जुनियरले रियलमा आफ्नो सपनालाई बाँचिरहेको बताएका छन्। ब्राजिलियन २४ वर्षीय भिनिसियसले साउदी प्रो लिगका लागि रियलसँगको सम्झौतालाई बीचमा छोड्ने हल्ला भइरहेको बेलामा उनले रियलमा आफ्नो ‘सपनालाई बाँचिरहेको’ बताए। 
सन् २०१८ मा फ्लेमिङ्गो छोडेर रियल आएका भिनिसियसले रियलसँग २०२७ सम्मको सम्झौता गरेका छन्। उनी यस सम्झौताबाट आफू खुसी रहेको बताए। ‘म निकै शान्त भएर खेलिरहेको छु। किनभने, मेरो सम्झौता २०२७ सम्मको रहेको छ। म यो सम्झौता अझ थप गर्न चाहन्छु। किनभने, म यहाँ खुसी छु।’
‘म रियलमा आफ्नो सपनालाई हकिकतमा बाँचिरहेको छु। विश्वको उत्कृष्ट खेलाडी ,प्रशिक्षक, अध्यक्ष, समर्थकहरू रहेका छन्। यहाँ सबैले मलाई निकै माया गर्छन्। म यो भन्दा राम्रो ठाउँमा हुन सक्दिनथें।’
उनले तीन ला लिगा उपाधि र दुई पटक च्याम्पियन लिगको उपाधि जितेका छन्। रियलमा रहेर उनले ३ सय खेलमा १सय २ गोल गरेका छन्। ‘मैले मेरो बाल्यकालमा देखेको सपना हो यो। म यहाँसम्म आइपुगें। यहाँ म आफ्नो कथा लेखिरहेको छु।’ भिनिसियसले भने। 
‘मैले केही उपाधिहरू जितेको छु। तर म टिमका लागि अझै धेरै उपाधि जित्न चाहन्छु। यो निकै कठिन कुरा हो। यहाँ(रियलमा) धेरै खेलाडीहरु लेजेन्ड भएका छन्। म पनि त्यस्तै हुन चाहन्छु।’ उनले २०२४ मा व्यक्तिगत तर्फ फिफा उत्कृष्ट वर्ष पुरुष खेलाडीको उपाधी जितेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement