चोपड: सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। घटना उत्तरी दिनाजपुर जिल्लाको चोपडा थानाबाट तीन माइल टाढा राष्ट्रिय राजमार्ग ३१ मा भएको हो। सडक पार गर्ने क्रममा कारले ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको स्थानीय स्रोतले जनाएको छ। मृत्यु हुनेकोमा ३६ बर्षीय तपस दास र अर्का एकजना ४० बर्षीय दिलीप पहारी रहेका स्थानीय निवासी जयकृष्ण दासले बताए। दुबैको घर थ्री माइल रोड क्षेत्रमा छ। खबर पाएपछि चोपडा पुलिस चौकी घटनास्थलमा पुगेको थियो। पुलिसले शव बरामद गरी पोष्टमार्टमका लागि इस्लामपुर उपजिल्ला अस्पतालमा पठाएको छ। पुलिसले घटनाको अनुसन्धान शुरु गरेको छ।