विभिन्न माग गर्दै एआईडीएसओकाे उत्तर बङ्गाल विश्वविद्यालयमा मार्च

IMG-20250304-WA0173(1)

सिलगढी: एआईडीएसओले आज उत्तर बङ्गाल विश्वविद्यालय चार वर्षे डिग्री पाठ्यक्रमहरू खारेज, लोकतान्त्रिक विद्यार्थी परिषद्को चुनाव घोषणा र विश्वविद्यालय र यसका आबद्ध कलेजहरूको समग्र पूर्वाधारको विकासलगायत सात बुँदे मागहरू राखेर जुलुस निकाले। एआईडीएसओको जुलुस सिलगढी नजिकैको शिव मन्दिरको मेडिकल मोडबाट शुरु भएर उत्तर बङ्गाल विश्वविद्यालयको परिसरसम्म समाप्त भयो।
यस अभियानमा दार्जिलिङ, जलपाईगुडी, काेचबिहार र उत्तर बंगालका विभिन्न जिल्लाका प्रतिनिधिहरूले भाग लिएका थिए। एआईडीएसओ काे यस अपरेशनलाई ध्यानमा राख्दै, उत्तर बंगाल विश्वविद्यालयको गेट अगाडि पर्याप्त पुलिसकर्मीहरु उपस्थिति थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement