भाजपाले एएसपीको सरुवाको माग गर्दै एसपीलाई ज्ञापनपत्र बुझायो 

Chhetriya-Samachar-1

जलपाईगुडी: शिवरात्रि पूजाको समयमा भक्तहरूसँग दुर्व्यवहार गर्ने मन्दिर सचिव र अतिरिक्त पुलिस अधीक्षक (ग्रामीण) लाई साम्प्रदायिक भन्दै भाजपाले जलपाईगुडी एसपीलाई ज्ञापनपत्र बुझाएको छ र उनीहरूलाई जिल्लाबाट तत्काल हटाउन माग गरेको छ।
जल्पेश मन्दिर उत्तर बंगालको प्राचीन मन्दिरहरू मध्ये एक हो। हरेक वर्ष जस्तै यस वर्ष पनि बुधबार शिवरात्रिको अवसरमा मन्दिरमा पूजाआजा गरिएको छ। अर्कोतर्फ, जलपाईगुडी जिल्ला परिषदले यस पूजाको सम्झनामा दस दिने मेलाको आयोजना गरेको छ। हरेक वर्ष झै यस वर्ष पनि पुजा र मेलामा लाखौंको भिड लागेको छ। यसैबीच, बुधवार राती जलपाईगुडी जिल्लाका अतिरिक्त पुलिस एसपि समीर अहमदलाई जलपेश मन्दिरका सचिव गिरिन्द्रनाथ देवसँग दुर्व्यवहार गरेको आरोप लागेको छ र यो भिडियो सामाजिक सञ्जालमा भाइरल हुनेबित्तिकै यसले सनसनी मच्चाएको छ। भाइरल भिडियोमा मन्दिरका सचिव गिरिन्द्रनाथ देबले एडिशन एसपीले आफूलाई कुटपिट गर्न आएको भन्दै बताए।
यता, मंगलबार जिल्ला भाजपाले आरोपित अतिरिक्त पुलिस एसपि समीर अहमदलाई जिल्लाबाट तत्काल हटाउन माग गर्दै जिल्ला पुलिस कार्यालयमा ज्ञापनपत्र बुझाएपछि घटनाले नयाँ मोड लिएको छ।
भाजपा जलपाईगुडी जिल्ला अध्यक्ष बापी गोस्वामीले बुधवार राती जलपेश मन्दिरमा भएको घटनाको कडा निन्दा गरे। उनले पुलिस एसपीलाई ज्ञापनपत्र समेत बुझाएकापुलिस अधिकारीको सरुवा गर्न माग गरेका छन्। त्यसपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले जिल्लाका अतिरिक्त उपरीक्षक (ग्रामीण) समिर अहमद स्वभावले साम्प्रदायिक भएको बताए। भारतको सबैभन्दा पवित्र तीर्थस्थल जलपेश मन्दिरमा शिवरात्री पूजाका क्रममा उनले मन्दिर समितिका सचिव र तीर्थयात्रीसँग गरेको व्यवहारले हाम्रो मागको औचित्य पुष्टि गर्छ, गत वर्ष धूपगुरीमा भएको घटनापछि उनले सार्वजनिक रूपमा भनेका थिए, ‘जो हिन्दू हो, उसलाई पनि पुलिसको गाडीमा लगेर प्रहरीको ठक्कर दिएको थियो। उनीहरूलाई धम्की दिँदै तृणमूल कांग्रेसमा सामेल गराउन खोजिरहेका छन्, जलपाईगुडी जिल्लामा त्यस्तो पार्टीको लागि कुनै ठाउँ छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement