विवाह हुनुभन्दा दुई महिनाअघि एक युवकको झुण्डिएको शव फेला परयो

IMG-20250304-WA0190

सिलगढी: विवाह हुनुभन्दा दुई महिनाअघि एक युवकको झुण्डिएको शव फेला परेको छ। घटनाले फुलबारीमा हलचल मच्चाएको छ। घटना मंगलबार बिहान सिलगढी सहरको छेउमा रहेको फुलबारी २ ग्राम पञ्चायतको पूर्वधनतलाको जोयनगर कालोनी क्षेत्रमा भएको हो। मृतक युवक मिथुन चक्रवर्ती हुन्। उनको उमेर २८ वर्ष रहेको र जानकारी अनुसार मिथुन सिलगढीको बाबुपारा इलाकामा कपडा पसलमा काम गर्थे। उनले रजिस्ट्रीमा फुलबारीकी युवतीसँग विवाह गरेका थिए। सामाजिक रीतिरिवाज अनुसार उनीहरुको विवाह आगामी मार्च महिनामा तय भएको छ। मिथुन हिजो राति कामबाट फर्किएर खाना खाएर घरमै सुते। आज बिहान उनको परिवारका सदस्यले उनलाई झुण्डिएको अवस्थामा फेला पारेका थिए।
पारिवारिक झगडाका कारण यस्तो घटना भएको हुनसक्ने आशंका गरिएको छ। खबर पाएलगत्तै सिलगढी महानगरीय पुलिस चौकीको न्यू जलपाईगुडीकापुलिस टीम घटनास्थल पुग्यो। पुलिसले शवलाई आफ्नो नियन्त्रणमा लिएर पोस्टमार्टमका लागि उत्तर बङ्गाल मेडिकल कलेज र अस्पताल पठाएको छ। सम्पूर्ण मामिलाको अनुसन्धान सुरु गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement