मालदा: मुख्यमन्त्री ममता बनर्जीको आदेशमा मन्त्री सबिना यास्मिन नक्कली मतदाताहरुकाे जाँच गर्न घर-घर पुगिन्।
उत्तर बङ्गाल विकास, जलमार्ग तथा सिँचाइ राज्यमन्त्री तथा मोथाबारी विधानसभा क्षेत्रकी विधायक सबिना यास्मिनले रथबारी ग्राम पञ्चायत, उत्तर मोहनपुर, बालुचरा, कागमारी, गीतामोरलगायत आफ्नो विधानसभा क्षेत्रका धेरै घर पुगेर भाेटर कार्डहरू जाँच गरिन्।
उनले आगामी दिनमा पनि आफ्नो विधानसभा क्षेत्रका प्रत्येक बुथमा कार्यकर्ता नियुक्त गरी घरदैलोमा भाेटर कार्ड जाँच गरिने बताए।