जलपाईगुडी: जलपाईगुडी जिल्लाको क्रान्ति ग्राम पञ्चायतको धनतला बजार नाजिक आज बिहान एउटा बोलेरो पिकअप भैन र टोटोको भिडांतमा टोटो चालक गम्भीर घाइते भएका छन्।
बोलेरो पिकअप भैन क्रान्तीबाट धनतलातर्फ गइरहेको बताइएको छ। त्यही क्रममा बोलेरो विपरित दिशाबाट आएको टोटोसँग ठोक्किएकाे स्थानीयले बताए। दुर्घटनामा टोटो चालक गम्भीर घाइते भएका छन्।
स्थानीयको सहयोगमा टोटो चालकलाई तत्काल अस्पताल लगियो । टोटो चालकको अझै पहिचान हुन सकेको छैन। क्रान्ति थानाबाट पुलिसले घटनास्थलमा पुगेर गाडीलाई नियन्त्रणमा लिएर दुर्घटनाको कारणबारे अनुसन्धान थालेको छ।