जलपाईगुडी: उच्च माध्यमिक परीक्षाहरू भइरहेकाे छ। यसैबीच, जलपाईगुडी शहरमा धेरै मानिसहरूले चर्को आवाजमा माइक्र/साउन्ड सिस्टम प्रयोग गरेको आरोप लागेको छ।
हिजो राती जलपाईगुडी कोतवाली पुलिसले छापा मारेर जलपाईगुडी शहरका धेरै ठाउँबाट माइक्र/साउन्ड सिस्टमहरु बरामद गरी नियन्त्रणमा लिएका छन्।
पुलिसले उच्च माध्यमिक परीक्षाको समयमा माइक्र/साउन्ड सिस्टम प्रयोग नगर्न सर्वासाधारण सहित साउन्ड सिस्टम व्यवसायीलाई सचेत गराएको थिए। नियम उल्लंघन गरेको भन्दै साउन्ड बक्स र सम्बन्धित सामग्री जफत गरिएको पुलिस स्रोतले जनाएको छ।