जलपाईगुडी: गोरुमारा वनमा गैँडा गणना सुरु हुने भएको छ। गैँडाको संख्या बढ्न सक्ने वन विभागको अनुमान छ।
गैँडा गणना चैत ५ र ६ मा हुनेछ। गोरुमारा वन्यजन्तु महाशाखाअन्तर्गतका गोरुमारा र चपरामारी वनमा गैँडा गणना सुरु गरिने भएको छ। गैँडा गणना गर्दा पर्यटकका लागि वन प्रवेश बन्द रहनेछ। यसअघि सन् २०२२ मा गैँडा गणना गर्दा गोरुमरामा गैँडाको संख्या ५५ थियो। यसपटक गैँडाको संख्या बढ्ने वन विभागको अनुमान छ।यस गैँडा गणनाको अवसरमा गोरुमारा वन्यजन्तु विभागअन्तर्गतको दक्षिण धुपझोरा हात्ती शिविरमा आइतबारदेखि दुईदिने तालिम शिविर सुरु भएको छ। पहिलो दिन वन कर्मचारी र वन संरक्षण समितिका सदस्यहरुलाई तालिम दिइएको थियो। भोलि दोस्रो र अन्तिम दिन वातावरणीय संस्थाका सदस्यहरुलाई तालिम दिइनेछ। प्रशिक्षण शिविरको पहिलो दिनमा डीएफओ गोरुमारा धिजप्रतिम सेन, डीएफओ जलपाईगुडी वन डिभिजन विकास वी, डीएफओ बैकुनण्ठपुर वन डिभिजन राजा एम र वन विभागका विभिन्न विभागका अधिकारीहरू उपस्थित थिए।

यस सम्बन्धमा गोरुमारा वन्यजन्तु विभागका डीएफओ धिजप्रतिम सेनले भने, ‘यो गणनामा ३० भन्दा बढी टोलीले काम गर्नेछन्, ट्याप क्यामरा र हात्तीको सहयोगमा गैँडा गणना गरिने भएको छ, जुन दिन गैँडा गणना हुनेछ, त्यस दिन गत दुई दिनदेखि गैँडा पर्यटकका लागि प्रवेश बन्द हुने छ यो गैडाको संख्या बढ़ने आशा गरिएको बताए।”