सिलगढी: सिलगढीमा एक किशोरीको अपहरणको घटना बाहिर आएको छ। यस मामिलामा १ मार्चमा १४ वर्षीया बालिकाको अपहरणको उजुरी न्यू जलपाईगुडी थानामा दर्ता भएको थियो। बालिकाको परिवारले न्यू जलपाईगुडी पुलिस चौकीमा अपहरणको उजुरी दर्ता गराएका थिए। यसपछि न्यू जलपाईगुडी पुलिसले घटनाको अनुसन्धान थाले।
न्यू जलपाईगुडी थानाको पुलिसले ती बालिकालाई गएराति तीनबत्ती मोडबाट उद्धार गरे र अपहरणमा संलग्न एक अभियुक्तलाई पक्राउ गरे। अदालतको नियमअनुसार किशोरीलाई स्वास्थ्य परीक्षणपछि बालगृह पठाइएको एक पुलिस अधिकारीले बताए।
उता मुद्दामा आरोपी राकेश रोय पक्राउ परेका छन्। राकेशको घर शान्तिपाडा क्षेत्रमा छ। न्यू जलपाईगुडी थानाको पुलिसले गिरफ्तार आरोपीलाई आज जलपाईगुडी अदालतमा पेश गरेको छ।