जादवपुर विश्वविद्यालयमा भएको घटनालाई लिएर बन्द समर्थक र बन्द विरोधी विद्यार्थी संगठन आमनेसामने, झडप

IMG-20250303-WA0155

पुलिसले स्थिति नियन्त्रणमा लिए 

सिलगढी: राज्यका शिक्षामन्त्री ब्रात्य बसुले जादवपुर विश्वविद्यालयमा वेबिनार सम्मेलनका क्रममा ठूलो विद्यार्थी आन्दोलनको सामना गर्नु परेको थियो। उनको काफिलेमा भएको आक्रमणको वामपन्थी विद्यार्थी संगठनका कार्यकर्ता र समर्थकहरूलाई दोष लगाइएको छ। मन्त्रीको गाडीमा रहेका केही व्यक्ति घाइते भएको आरोप पनि लागेको छ। उक्त घटनापछि आज सोमबार एड्सो र वामपन्थी विद्यार्थी तथा युवा संगठनहरूले कलेज र विश्वविद्यालयमा बन्दको आह्वान गरेका छन्।  आन्दोलनको समर्थनमा एड्सोका कर्मचारी र समर्थकले आज बिहानै धर्ना दिएका छन्। एड्सोका कार्यकर्ता र समर्थकले उत्तर बङ्गाल विश्वविद्यालयको बस बाघजातिन पार्क नजिकै रोकेर विरोध प्रदर्शन गरेका छन्। त्यही क्रममा तृणमूल छात्र परिषदका कार्यकर्ता र समर्थकहरू त्यहाँ पुगेका थिए। सुरुमा दुवै पक्षबीच झडप शुरु भयो र त्यसपछि वातावरण तातियो। दुई पक्षबीच भीषण झडप भएको थियो। खबर प्राप्त हुनासाथ सिलगढी थानाबाट ठूलो संख्यामा पुलिस टोली घटनास्थलमा पुगेर स्थितिलाई नियन्त्रणमा ल्याउने प्रयास गरेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement