९७औं ओस्कर अवार्ड: ‘अनोरा’ले पायो ओरिजिनल स्क्रिनप्लेको अवार्ड

IMG-20250303-WA0151

नयाँ दिल्ली: ९७औं संस्करणको ओस्कर (एकेडेमी अवार्ड) पुरस्कार वितरण समारोह लस एन्जलसको डल्बी थिएटरमा जारी छ। समारोहमा विभिन्न विधामा उत्कृष्ट फिल्महरु घोषणा भइरहेका छन्।
यसैक्रममा सिन बेकरको फिल्म ‘अनोरा’ले ओरिजिनल स्क्रिनप्लेको ओस्कर अवार्ड पाएको छ। एडाप्टेड स्क्रिनप्लेको अवार्ड भने पिटर स्ट्राउगनको फिल्म ‘कनक्लेभ’ले पाएको छ।
मेकअप र हेयर स्टाइलिङको अवार्ड फिल्म ‘द सब्सटेन्स’ले पाएको छ।
यसअघिको घोषणाबाट फिल्म ‘फ्लो’ले उत्कृष्ट एनिमेटेड फिल्मको अवार्ड पाएको छ भने ‘इन द स्याडो अफ द साइप्रेस’ले उत्कृष्ट एनिमेटेड सर्ट फिल्मको पुरस्कार पाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement