आज विश्व वन्यजन्तु दिवस मनाइने

IMG-20250303-WA0018

झापा: आज मार्च ३ अर्थात् विश्व वन्यजन्तु दिवस। संसारभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ। यो वर्ष वन्यजन्तु र मानवको बासस्थान पृथ्वीको अतिदोहन रोक्न तथा यसको जैविक विविधता, पर्यावरणीय एवं पारिस्थितिकीय प्रणालीको संरक्षणमा जोड दिइएको छ। दिवसका लागि यो वर्षको नारा ‘वन्यजन्तु संरक्षणमा वित्तः मानव र पृथ्वीमा लगानी’ भन्ने छl
संयुक्त राष्ट्रसंघको ६८औँ महासभाले २० डिसेम्बर २०१३ मा जोखिममा रहेका वन्यजन्तु र वनस्पतिका बारेमा मानवलाई सचेत गराउने उद्देश्यले मार्च ३ लाई विश्व वन्यजन्तु दिवसको रूपमा घोषणा गरेको हो।
सन् १९७३ मा आजकै दिन लोपोन्मुख प्रजातिका वन्यजन्तु र वनस्पतिको अन्तरराष्ट्रिय व्यापार महासन्धि (सिआइटिईएस)अनुमोदन भएको थियो। सोही वर्षको मार्च ३ देखि १४ सम्म थाइल्याण्डको राजधानी ब्याङ्कककमा आयोजित जलवायु परिवर्तनसम्बन्धी १६औँ राष्ट्रसंघीय सम्मेलन तथा सिआइटिईएस पक्षराष्ट्रको सम्मेलनले थाइल्याण्डको वन्यजन्तु दिवस मनाउने प्रस्ताव अनुमोदन गर्दै महासभासमक्ष स्वीकृतिका निम्ति अनुरोध गरेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement