बागडोगरा: बागडोगरा प्रहरी चौकी र विशेष अपरेशन समूहले ३०४ ग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।
गोप्य सूचनाका आधारमा आइतबार पुलिसले बागडोगरा नजिकैको मुनि क्षेत्रमा छापा मारेर मोटरसाइकल रोकेको थियो। मोटरसाइकलमा सवार दुईजनाको खोजी गर्दा उनीहरुको साथबाट कुल ३०४ ग्राम ब्राउन सुगर बरामद भएको थियो।
पक्राउ परेकाहरूले दलखोलाबाट लागुऔषध ल्याएर सिलगढीमा तस्करी गर्ने योजना बनाएको पुलिसले जनाएको छ। पक्राउ पर्नेमा २५ वर्षीय अमुस शेर्पा र ३४ वर्षीय कारी पासवान रहेका छन्।
दुवै सिलगढी सलुगाराका बासिन्दा हुन्। पक्राउ परेकाहरु विरुद्ध एनडीपीएस ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको छ।
उनलाई भोलि सिलगढी डिभिजन अदालतमा पेश गरिनेछ। बागडोगरा पुलिसले यो गिरोहमा अरु को को संलग्न छन् भन्ने बारेमा अनुसन्धान शुरु गरेको छ।