समाज विरोधी गतिविधि विरुद्ध विधायक शिखा चटर्जीले संभाले मोर्चा

IMG-20250302-WA0239

सिलगढी: सिलगढीको ज्योतिर्मय कालोनी उर्फ ​​नन्दीग्राममाा स्थिति फेरि तातेको छ। उल्लेखनीय छ कि केही दिन अघि उक्त क्षेत्रमा मानिसहरूले मदिरा सेवन गर्दा यो अशान्ति शुरु भएको थियो। सिलगढीको ३२ नम्बर वार्डको सुकान्त पल्लीका केही युवाहरूले त्यस ठाउँमा रक्सी पिउने गरेको खुलासा भएको छ।
स्थानीयले याे रोक्न खोजेपछि स्थिति थप जटिल बन्यो। सुकान्तपल्लीका युवाले उक्त क्षेत्रमा मदिरा सेवन गर्दै स्थानीयवासीले रोक्न खोज्दा झगडा र कुटपिट शुरु भएको स्रोतले जनाएको छ।
पछि ज्योतिर्मय कालोनीका बासिन्दा र सुकान्त पल्लीका युवाका परिवारले एनजीपी पुलिस चौकीमा एफआईआर दर्ता गराए। तर, आज फुलबाडीकी विधायक शिखा चटर्जी यस विषय जानक्कारी लिन एनजीपी पुलिस चौकी गइन्।
लामो समयदेखि बाहिरबाट केही युवा मदिरा सेवन गर्न आउने गरेको उनले बताए।
त्यहाँका महिलाहरूले रोक्न खोज्दा मादक पदार्थ सेवन गरेका उक्त युवाहरुले महिलाहरूलाई कुटपिट गरेका उनले बताइन्। झगडाका साथै सुकान्त पल्लीका केही युवाले सो क्षेत्रका घरमा तोडफोड समेत
गरेका उनले पुलिसलाई भनिन्।


उनले यो घटना सभ्य समाजमा निन्दनीय रहेको बताए। यसअघि पनि पटकपटक पुलिसलाई जानकारी गराए पनि पुलिसले युवाहरुमाथि कुनै कारबाही गरेको छैन। घटनापछि स्थानीयवासी त्रसित छन्।
पुलिसले सुरक्षा दिन नसके आवश्यक परे राती पनि सो क्षेत्रमा बस्ने उनले बताए। घटनापछि पुरै क्षेत्र तातेको छ।
कुटपिटकाे घटनापछि मदिरा सेवन गर्न आएका युवाहरूलाई गम्भीर अवस्थामा फुलबारीस्थित निजी नर्सिंग होममा भर्ना गरिएको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement