नयाँ बानेश्वरमा झडप हुँदा डीएसपी गंगा पौडेल घाइते

IMG-20250302-WA0242

काठमाडौं: काठमाडौंको नयाँ बानेश्वरमा भइरहेको प्रदर्शनमा झडप भएको छ। झडपमा प्रहरी वृत्त सिंहदरबारका डीएसपी गंगा पौडेल घाइते भएका छन्। स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिको प्रदर्शनका क्रममा झडप भएको छ। झडपमा डीएसपी पौडेल घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिएका छन्। डीएसपी पौडेलको टाउकोमा चोट लागेको छ । हाल उनको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement