विश्व शान्तिको कामना गर्दै प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विद्यालयकाे र्‍याली 

IMG-20250302-WA0205

जलपाईगुडी: महाशिवरात्री पछि प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विद्यालयको हल्दिबारी शाखाले विश्व शान्तिको कामनाका साथ हल्दिबारी कलेज नजिकैको इलाकाबाट शान्तिपूर्ण शोभायात्रा निकाले भनेे साथै हल्दिबारी पुलिस चौकीका आईसी, अन्य पुलिस अधिकृत, पार्षद तथा स्थानीय पत्रकारहरुको स्वागत कार्यक्रमको आयोजना गरिएको थियो। आज उपस्थित अतिथिहरुद्वारा भगवान शिवबाबाको झण्डा फहराइएको थियो। सो अवसरमा मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रममा ब्रह्मा कुमारी दाजुभाइ दिदीबहिनीहरुको सहभागिता रहेको थियो। ‘रुख रोपौँ, जीवन बचाऔँ’ भन्ने नारालाई मध्यनजर गर्दै प्रत्येक अतिथिलाई बिरुवा हस्तान्तरण गरिएको थियो। कार्यक्रममा जलपाईगढी ब्रह्मा कुमारी केन्द्रका केन्द्र इन्चार्ज बीके नितु, बीके प्रकाश, हल्दिबारी केन्द्रका इन्चार्ज बीके दिवाकरलगायत विभिन्न केन्द्रका सयभन्दा बढी दाजुभाइ तथा दिदीबहिनीहरुको सहभागिता रहेको थियो।

भारतको प्रत्येक राज्यमा प्रत्येक जिल्लाका प्रत्येक ब्लकमा ब्रह्मा कुमारी केन्द्रहरू छन्। यस केन्द्रले सात दिने नि:शुल्क ध्यान पाठ्यक्रम प्रदान गर्दछ। ब्रह्मा कुमारी केन्द्रका दाजुभाइ तथा दिदीबहिनीहरूले यस्ता कार्यक्रममार्फत विश्वका सम्पूर्ण आत्माको कल्याणको कामना गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement