विवादपछि ट्रम्पद्वारा जेलेन्स्कीसँग तत्काल प्रत्यक्ष वार्ता गर्न अस्वीकार

IMG-20250302-WA0133

नयाँ दिल्ली: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार ह्वाइट हाउसमा भएको तनावपूर्ण झडपपछि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग तत्काल प्रत्यक्ष वार्ता गर्ने सम्भावनालाई अस्वीकार गर्नुभएको छ।
उहाँले युक्रेनले तत्काल युद्धविराम गर्नुपर्ने बताउनुभयो। तर जेलेन्स्कीले युद्धविरामबारे वार्ता गर्न नै नचाहेको उहाँको भनाइ छ। युक्रेन युद्धविराम चाहन्छ भने तत्काल युद्धविराम हुनसक्ने बताउनुभयो। 
दुईपक्षीय वार्तामा भएको विवादबारे ट्रम्पसँग आफू माफी नमाग्ने जेलेन्स्कीले बताइसक्नुभएको छ। यस प्रकारको झगडा दुवै पक्षका लागि राम्रो नभएको उहाँको भनाइ छ। 

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement