अवैध बालुवा तस्करीमा संलग्न तीन पक्राउ, चार ट्याक्टर बरामद 

IMG-20250301-WA0220

सिलगढी: शनिबार बिहान महानन्दा नदीबाट ट्र्याक्टरमा अवैध तस्करीका लागि बालुवा ओसारपसार भइरहेको थियो।  तर तस्करी हुनुअघि नै पुलिसले कारबाही गर्दै चारवटा ट्याक्टर नियन्त्रणमा लिएको छ भने तीन चालकलाई पनि पक्राउ गरेको छ। कनई बर्मन, तपन रोय र मिराज आलमलाई शनिबार बिहान सिलगढी महानगरपालिकाको भक्तिनगर थानाका पुलिसलाई महानन्दा नदीबाट अवैध बालुवा उत्खनन भइरहेको सालुगारा क्षेत्रबाट बालुवा तस्करी भइरहेको गोप्य स्रोतबाट सूचना प्राप्त भएको बताइएको छ। खबर पाएलगत्तै भक्तिनगर पुलिस चौकीबाट सादा पोशाकका पुलिसहरु घटनास्थल पुगे पनि पुलिसको उपस्थिति देखेर चालकले ट्याक्टर छोडेर भागेका थिए।

तर, बाँकी तीन जनालाई पुलिसले पक्राउ गर्न सफल भएको छ। बालुवा भरिएका चार ट्याक्टर नियन्त्रणमा लिएको छ। पुलिसले तीन चालकलाई शनिबार जलपाईगुडी अदालतमा पठाएको छ र घटनामा संलग्न बाँकी व्यक्तिहरूको खोजी सुरु गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement