मणिपाल अस्पताल, साल्ट लेकले भयानक दुर्घटनामा घाइते व्यवसायीको हात सुरक्षित बचाएको दाबी

IMG-20250213-WA0251

कोलकाता: जीवन एक क्षणमा बदलिन सक्छ। एक क्षणमा सबै सामान्य हुन्छ, तर अर्को क्षण केही यस्तो हुनसक्छ जसको कल्पना पनि गरिएको हुँदैन, जसले भविष्यकै दिशा परिवर्तन गरिदिन्छ। बारासातका ६६ वर्षीय व्यवसायी गोपाल रोयको जीवनमा पनि यस्तै भयो। एउटा सामान्य लाग्ने दिन अचानक एक कहिल्यै नसकिने दु:स्वप्नमा परिणत भयो। उक्त दिन उनी मोटरसाइकलमा यात्रा गरिरहेका थिए, तर अचानक उनी लड्न पुगे र एक बस उनको हातमाथि कुद्यो, जसका कारण उनको हात गम्भीर रूपमा घाइते भयो। गोपाल र उनका परिवार एक अस्पतालबाट अर्को अस्पताल दौडिरहेका थिए, तर के गर्ने भन्ने कुरा स्पष्ट थिएन। प्रारम्भिक जाँचको नतिजा अत्यन्तै डरलाग्दो थियो— उनको हातको चोट यति गम्भीर थियो कि त्यसलाई ठीक गर्नसक्ने अवस्था थिएन। हड्डीहरू पुरै भाँचिएका थिए, र डाक्टरहरूले हात काट्नुको विकल्पबारे सोच्न थालेका थिए। आशा हराउँदै थियो, तर अन्ततः उनलाई साल्ट लेकस्थित मणिपाल अस्पताल लगियो, जहाँ विशेषज्ञ सर्जनहरूको टोलीले उनको हात मात्र नभई उनको जीवनशैली बचाउने लक्ष्य लिए।

डा आर्या रोय परामर्शदाता-ओर्थोपेडिक (हात तथा नाडी) सर्जन, मणिपाल अस्पताल, साल्ट लेक, भन्छन्, “यस्ता घटनाहरूमा प्रायः बिरामीको ज्यान बचाउने कुरामा मात्र ध्यान दिइन्छ, र अंगहरूको चोटलाई बेवास्ता गरिन्छ। तर मणिपाल जस्तो सुपर-स्पेसियालिटी अस्पतालमा हामी शरीरका प्रत्येक अंगलाई आवश्यक उपचार दिने कुरामा विश्वास गर्छौं। यदि श्री रोयलाई ल्याउन केही घण्टाको ढिलाइ भएको भए, सायद हामी पनि उनको हात बचाउन सक्ने थिएनौँ। सही समयमा सही उपचारको संयोजनले मात्र यो सम्भव भयो। उनका अन्य अंगहरू स्थिर भए तापनि उनको हात निकै गम्भीर रूपमा क्षतिग्रस्त भइसकेको थियो। तीन घण्टासम्म चलेको जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरियो। मुख्य लक्ष्य थियो— रक्तसञ्चार पुन: स्थापित गर्नु, भाँचिएका हड्डीहरूलाई स्थिर बनाउनु र औँलाहरूको कार्यक्षमता पुन: प्राप्त गराउनु। एक औँला भने बचाउन सकिएन, तर हातको बाँकी भाग सुरक्षित राखियो। दुई दिनपछि, डा सईद फैज़ल, प्लास्टिक तथा पुन:निर्माण सर्जरी परामर्शदाता, को निगरानीमा थप उपचार गरियो। उनले भने, “चोट निकै गम्भीर थियो, र सुरुमा हामीलाई लाग्यो कि हात बचाउनका लागि फ्ल्याप कवरेज आवश्यक पर्छ। तर प्रक्रिया शुरु गरेपछि हामीले देख्यौँ कि हात अपेक्षाभन्दा राम्रो अवस्थामा थियो। त्यसैले छालाको ग्राफ्टिंग गरेर आवश्यक सुधार गरियो, ताकि हातको कार्यक्षमता जोगाउन सकियोस्।”

त्यसपछि केही दिनमै फाटेका टेन्डनहरू सुधार्न र हातलाई बलियो बनाउन अर्को सर्जरी गरियो। रोयको स्वास्थ्य क्रमशः सुधार हुँदै गयो। सामान्य रूपमा वस्तु समात्न, औँलाहरू हल्लाउन जस्ता साना कुराहरू नै उनका लागि ठूला उपलब्धि बनिरहेका थिए। रोयका छोरा अर्पण रोय भन्छन्, “यो पुन:स्थापनाको यात्रा निकै कठिन थियो, तर डाक्टरहरूको निरन्तर सहयोगले ठूलो परिवर्तन ल्यायो। मणिपाल अस्पताल पुग्नुअघि दुई अस्पतालहरूले हामीलाई स्वीकारेनन्। तर यहाँ आइपुग्नेबित्तिकै, हामीले महसुस गर्‍यौँ कि हामी सही ठाउँमा आएका छौँ। डा आर्या रोय र डा सईद फैजलले केवल उपचार मात्र गरेनन्, हामीलाई आशा पनि दिए। मेरो बुबाको हातको धेरै भागमा टिश्युहरू बाँकी थिएनन्, तर टोलीले हार मान्न सकेन। सबै प्रयास गरेर उनको हातलाई बचाउन सके। म डा पार्थ सेन, परामर्शदाता एनेस्थेसियोलोजिस्ट र उनको टोलीलाई विशेष धन्यवाद दिन चाहन्छु, जसले यो सम्पूर्ण प्रक्रियामा मेरो बुबाको सुरक्षा सुनिश्चित गरे।”

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement