राज्यपालले लिए चुङथाङ जीपीयूको विकासबारे जायजा

IMG-20250206-WA0361

गान्तोक: मंगन जिल्लाका जिल्लापाल अनन्त जैनले आज साँझ सिक्किमका राज्यपाल ओमप्रकाश माथुरसंग भेट गरे। राजभवनमा भएको उक्त भेटमा जिल्लापालले मंगन जिल्लाअन्तर्गत चुङथाङ ग्राम पञ्चायत एकाइमा भएका विभिन्न विकास परियोजनाहरूको बारेमा विस्तृत रूपमा जानकारी गराए। यसबीच उनले उक्त क्षेत्रको सामाजिक-आर्थिक विकासबारे पनि बताए। स्मरण रहोस्, गत वर्ष चुङथाङ ग्राम पञ्चायत एकाइको विकासको लागि राज्यपालले आफ्नो जिम्मेवारी लिएका थिए। राज्यपालले भेभरेन्ट गाउँ कार्यक्रम अन्तर्गत विकास गतिविधिहरूको प्रगतिको बारेमा सोधेका थिए। उहाँले ग्राम पञ्चायतको समग्र विकास हासिल गर्न र चुङथाङका बासिन्दाहरूलाई अधिकतम लाभ प्रदान गर्न सबै योजना र परियोजनाहरू समयमै र प्रभावकारी रूपमा सम्पन्न गर्न जिल्लापाललाई निर्देशन दिए। राज्यपालले चुङथाङ ग्राम पञ्चायत एकाईको विकास कार्यको नियमित रूपमा समीक्षा गरिनुपर्नेमा जोड दिएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement