- प्रधानमन्त्री नरेन्द्र मोदीले १० फरवरीको बिहान ११ बजे दूरदर्शनसहित कैयौं प्लेटफर्ममा देशभरीका विद्यार्थीसँग संवाद गर्नेछन्
- सबै राज्य अनि केन्द्र शासित प्रदेशका ३६ जना विद्यार्थीले “परीक्षा पे चर्चा“मा प्रधानमन्त्री मोदीसँग सीधा संवाद गर्नेछन्
- मानसिक स्वास्थ्यदेखि लिएर प्रौद्योगिकीसम्म विद्यार्थीहरूलाई सबैभन्दा आकर्षक अनि संवादात्मक तरिकाले मार्गदर्शन गर्न व्यापक विषयका शीर्ष विशेषज्ञहरू “परीक्षा पे चर्चा २०२५“ मा सम्मिलित हुनेछन्
- “परीक्षा पे चर्चा २०२५“ले देशभरी ५ करोडभन्दा धेरै भागीदारीका साथ रेकर्ड बनाएको छ
नयाँ दिल्ली: बहुप्रतीक्षित “परीक्षा पे चर्चा २०२५ (पीपीसी २०२५)”को आयोजन १० फरवरी, २०२५ को दिन बिहान ११ बजे हुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले विद्यार्थी, अभिभावक अनि शिक्षकहरूसँग संवाद गर्नका साथै परीक्षाको तयारी, तनाउ प्रबन्धन अनि व्यक्तिगत विकासमाथि मार्गदर्शन गर्नेछन्। यस वर्ष सबै राज्य अनि केन्द्र शासित प्रदेश बोर्डका सरकारी स्कूल, केन्द्रिय विद्यालय, सैनिक स्कूल, एकलव्य मोडल आवासीय विद्यालय, सीबीएसई र नवोदय विद्यालयबाट कूल ३६ जना विद्यार्थी चयन गरिएको छ। यसमा केही विद्यार्थी प्रेरणा स्कूल कार्यक्रमका पूर्व विद्यार्थीका साथमा कला उत्सव अनि वीर गाथाका विजेता पनि सामेल छन्। यी विद्यार्थीहरूलाई प्रधानमन्त्रीसँग सीधै जोडिनका लागि चयन गरिएको छ, जसले यस संस्करणलाई भारतको विविधता अनि समावेशिताको साँचो प्रतिरूप बनाउँदछ।
एउटा नयाँ आयाम जोड्दै, पीपीसी २०२५ आठवटा एपिसोडमा नयाँ रोमाञ्चक प्रारूपमा अघि आउनेछ। प्रधानमन्त्रीका साथ पहिलो संवाद दूरदर्शन, स्वयं, स्वयंप्रभा, पीएमओ युट्युब च्यानल र शिक्षा मन्त्रालय अनि सूचना एवं प्रसारण मन्त्रालयको सोशल मिडिया च्यानलमा सीधा प्रसारित गरिनेछ, जसबाट देशभरीका दर्शकलाई यस समृद्ध अनुभवमा भाग लिन सुनिश्चित हुनेछ। पीपीसी जनआन्दोलन बन्नका साथै हाम्रा विद्यार्थीहरूको शारीरिक अनि मानसिक हितलाई महत्त्वपूर्ण सामुदायिक सहभागिताको माध्यमद्वारा सम्बोधित गरिँदैछ। तद अनुसार, आठौं संस्करण अर्थात् पीपीसी २०२५ मा विभिन्न क्षेत्रका प्रसिद्ध विज्ञहरू सामेल हुनेछन्, जसले पीपीसीको सात आगामी एपिसोडमा विद्यार्थीहरूलाई जीवन अनि सिक्ने प्रमुख आयाममाथि मार्गदर्शन गर्दै आफ्नो अनुभव अनि ज्ञान साझा गर्नेछन्। यी सत्रमा भाग लिने विद्यार्थीहरूलाई राज्य अनि केन्द्र शासित प्रदेश, विभिन्न शैक्षिक सङ्गठन अनि राष्ट्रिय स्तरको स्कूल प्रतियोगिताको चयन प्रक्रियाको माध्यमद्वारा चयन गरिएका हुन्। विभिन्न मुद्दामा केन्द्रिय यी एपिसोडहरू यस प्रकार छन् :
- खेल एवं अनुशासन : एमसी मेरीकम, अवनी लखेरा अनि सुहास यतिराजले अनुशासनको माध्यमद्वारा लक्ष्य निर्धारण, दृढता अनि तनाव प्रबन्धनमाथि कुरा गर्नेछन्।
- मानसिक स्वास्थ्य: दीपिका पादुकोणले भावनात्मक कल्याण अनि आत्म-अभिव्यक्तिको महत्त्वमाथि चर्चा गर्नेछन्।
- पोषण: शोनाली सबरवाल अनि रूजुता दिवेकरले स्वस्थ खानपानको बानी अनि शैक्षणिक सफलतामा राम्रो निद्राको भूमिका आलोकित गर्नेछन्। फूड फार्मरका नामले सुप्रसिद्ध रेवन्त हिमात्सिङ्काले स्वस्थ जीवनशैली अपनाउनेबारे जानकारी दिनेछन्।
- प्रौद्योगिकी एवं वित्त: गौरव चौधरी (तकनिकी गुरुजी) अनि राधिका गुप्ताले उत्तम शिक्षा अनि वित्तीय साक्षरताका लागि प्रौद्योगिकीलाई उपायका रूपमा खोज गर्नेछन्।
- रचनात्मकता एवं सकारात्मकता: विक्रान्त मेसी अनि भूमि पेडनेकरले सकारात्मक मानसिकतालाई बढावा दिनका लागि विद्यार्थीहरूलाई नकारात्मक विचारको कल्पना गरी त्याग्ने विषयमा प्रेरित गर्नेछन्।
- जाग्रत एवं मानसिक शान्ति: सदगुरुले विद्यार्थीहरूलाई मानसिक स्पष्टता अनि ध्यान एकाग्र राख्नका लागि व्यावहारिक जाग्रत तकनिकी साझा गर्नेछन्।
- सफलताका कथाहरू: युपीएससी, आइआइटी-जेईई, सीएलएटी, सीबीएसई, एनडीए, आइसीएसई आदि विभिन्न परीक्षाका टपर्सका साथसाथै पीपीसीको पछिल्लो संस्करणका प्रतिभागीले “परीक्षा पे चर्चा” ले उनीहरूका तयारी रणनीतिलाई कसरी प्रभावित अनि प्रेरित गरेको थियो भन्ने बताउनेछन्।
वर्ष २०१८ मा स्थापनापछि, “परीक्षा पे चर्चा” एउटा राष्ट्रव्यापी आन्दोलनका रूपमा विकसित भएको छ र यस वर्षको संस्करणले ५ करोडभन्दा धेरैको भागीदारीका साथ पुराना रेकर्डहरूको तोडेको छ, जुन कारण यो अहिलेसम्मकै सबैभन्दा आकर्षक अनि प्रभावशाली संस्करण बन्नपुगेको छ।
शिक्षा मन्त्रालयले, “परीक्षा पे चर्चा” युवा मस्तिष्कलाई पोषण गर्ने, उनीहरूको शैक्षणिक सफलता अनि व्यक्तिगत विकासको दिशामा मार्गदर्शन गर्ने एउटा परिवर्तनकारी पहल बन्नसकोस् भन्ने ध्येयका साथ सबै पृष्ठभूमिका विद्यार्थी, अभिभावक अनि अभिभावकको यसमा भागीदारी सुनिश्चित गर्ने विशेष प्रयास गरेको छ। लाइभ अपडेट, भागीदारीको विवरण अनि विशेष जानकारीका लागि शिक्षा मन्त्रालय अनि सूचना एवं प्रसारण मन्त्रालयको सोशल मिडिया प्लेटफर्मसँग जोडिनुहोला। -पीआईबी