एमालेले सांसदहरूलाई बिआरआई र विदेश सम्बन्धबारे प्रशिक्षीत गर्ने तयारी

IMG-20250104-WA0163

काठमाण्डू: नेकपा एमालेले संघीय संसदमा रहेका आफ्ना सांसदहरूलाई विदेश सम्बन्धका बारेमा बिशेष प्रशिक्षण दिने भएको छ। एमालेको संसदीय विभाग प्रमुख योगेश भट्टराईका अनुसार आउँदो माघको पहिलो साता यस्तो प्रशिक्षण दिने गरी तयारी भइरहेको छ। एमालेले सांसदहरूलाई प्रधानमन्त्रीको चीन भ्रमणमा भएको सम्झौता र समझदारी, बिआरआई र दक्षिण एसिया मामिलामा प्रशिक्षण दिन लागेको हो।
‘अबको दशकमा एसिया विश्व शक्ति हुन्छ भन्नेछ,’ भट्टराईले भने, ‘त्यो कसरी हुन्छ। यस्ता विश्व शक्तिबारे हाम्रो धारणा कस्तो हुनुपर्छ भन्ने विषयमा सांसदहरूलाई तालिम दिन लागिएको हो।’
एमालेका एक सांसदले माघ ७ गते(जनबरी २०)का लागि पार्टीको विदेश विभागले तालिम दिने तयारी भएको बताए।
‘रघुवीर महासेठ हाम्रो विदेश विभागमा छन्। उनिहरूले संसदीय विभागसँग मिलेर तालिम दिन लागेको हो,’ ती सांसदले भने, ‘सांसदहरूलाई बिआरआईको फ्रेमवर्क सम्झौता लगायतका विषय बुझाउन लगेका हौँ।’
एक दिने प्रशिक्षणमा अन्य देशहरूका विषयमा संसद र बाहिर धारणा राख्दा के ख्याल पुर्‍याउने भन्ने विषयमा एमालेले सांसदहरूलाई प्रशिक्षण दिन लागेको ती सांसदले बताए।
सांसदहरू अन्तर्राष्ट्रिय सम्बन्ध र विषयबारे अपडेट नहुने भएकाले जानकारी गराउन प्रशिक्षण राखिएको ती सांसदले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement