पुलिसले बंंगलादेश नै फर्काइदियो अनुप्रवेशकारीहरूलाई

673ca9ac54d8a-9-bangladeshi-nationals-arrested-in-assams-karimganj-190719191-16x9

करिमगञ्ज(असम): असम पुलिसले नौजना बंगलादेशी अनुप्रवेशकारीहरूलाई बंगलादेश फर्काइदिएको छ। मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले आज यस आशयको जानकारी सोशल मीडियाको माध्यमबाट दिँदै भने, असम पुलिसले करिमगञ्जमा भारत-बंगलादेश सीमाबाट नौजना बंगलादेशी अनुप्रवेशकारीहरूलाई चिन्हित गरी उनीहरूलाई हिरासतमा लियो।बंगलादेशी नागरिकहरूको पहिचान नामत मामून, अबू नईम, राशिद इस्लाम, मोराद अली मण्डल, अशरफुल हक, बशिर हावड़ा, रबिउल हवलदार, महाबत अली र माहिम हुसैनको रूपमा भएको छ। पछि यिनीहरू सबैलाई सीमापारी पठाइयो। यस कार्यको लागि मुख्यमन्त्रीले असम पुलिसलको सराहना गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement