एनजेपी क्षेत्रमा कुटपिटका कारण एक जनाको मृत्यु, एक जना आरोपी पक्राउ

IMG-20241102-WA0206-copy

सिलगढी: सिलगढी पुलिस कमिश्नरेटको नयाँ जलपाईगढी थाना अन्तर्गत हिजो बुलिङको एक मामला प्रकाशमा आएको छl केही युवाहरूले एमडी जोहरी नामका व्यक्तिसँग ५०० रुपियाँ मागेको भनाइ छl रुपियाँ नदिँदा उनीहरूले पिटेका कारण एमडी जोहरीको मृत्यु भएको भनाइ छ। यो घटनालाई लिएर क्षेत्रमा निकै तनाव देखिएको छ। तर, पछि पुलिसले स्थितिलाई नियन्त्रणमा लियो। यस मामिलामा अहिले एनजेपी थानाको पुलिसले आरोपी मोसंसादलाई पक्राउ गरेको छ। यो विषयले पनि राजनीतिक रंग लिन थालेको छ। आक्रमण गर्ने युवक तृणमूल कांग्रेस मजदुर संगठनसँग सम्बन्धित रहेको आरोप लगाइएको छ। तर, यस मामिलामा तृणमूल कांग्रेसका नेताहरू जो कोही पनि दोषी छन् भने कारबाही हुनुपर्ने बताउँछन्। पुलिसले तत्परता देखाउँदै २४ घण्टाभित्रै एकजना अभियुक्तलाई पक्राउ गरेको छ भने अन्य अभियुक्तको खोजी शुरु गरेको छl यसद मामलामा मृतक एमडी जौहरीका छोरा एमडी सलीमले भने, ‘मेरो  बाबु बसिरहेका थिए, अनि उनलाई करीब १० जना युवकहरुले दादागिरी देखाउँदै ५०० रुपियाँ माग्दा बाबुले यति पैसा मसित छैन भन्दा उनलाई कुट्न थाले र जसले गर्दा उनको मृत्यु भयोl’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement