रानीपुल सरस्वती विद्या निकेतनका पॉंचजना शिक्षकको बिदाई समारोह समपन्न

n6368314921730056094820677e342746ac396355eaa0bb8f67cfec534d503c341bd2df581bcea548a7fffa

गान्तोक: विद्या भारती सिक्किम अन्तर्गत रानीपुलस्थित सरस्वती विद्या निकेतनका पॉंच समर्पित शिक्षकको निम्ति बिदाई समारोह आयोजन गरिएको थियो। विद्यालयको प्रेक्षागृहमा आयोजित बिदाई समारोहमा विद्या भारती सिक्किमका पदाधिकारीहरू, शिक्षकगण, विद्यार्थीहरू, पूर्व विद्यार्थीहरू र शुभचिन्तकहरू उपस्थित थिए।
विद्या भारती सिक्किमका प्रान्त प्रचार प्रमुख सूर्य धितालले जानकारी गराए अनुसार, विद्यालयका टाशी लाडेन यल्मो, ममता सुब्बा, लक्ष्मी राई, मनमाया शर्मा र उषा सुनारको अथक परिश्रमको सम्मानमा बिदाई कार्यक्रम आयोजन गरियो। संगठनकी कोषाध्यक्ष रिन्छेन भोटियाले शिक्षकहरूको सराहना गर्दै भनिन्, शिक्षकहरूको समर्पण, जोश, र शिक्षाप्रतिको प्रतिबद्धताले अनगिन्ती विद्यार्थीहरूलाई प्रेरित गरेको छ। उनीहरूको गहिरो अभाव महसूस हुनेछ, तर उनीहरूका विरासतले भावी पुस्ताहरूलाई प्रेरणा दिइरहनेछ।विद्या भारती सिक्किमले नयॉं यात्रामा अगाडि बढिरहेका शिक्षकहरूमा शुभकामना व्यक्त गर्दै उनीहरूको खुशी र सुस्वास्थ्यको कामना गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement