लरीले धक्का दिँदा एक युवक घाइते

IMG-20240621-WA0012

मालदा: जिल्लाको हरिश्चन्द्रपुर थाना अन्तर्गत महेन्द्रपुर बस स्ट्याण्ड क्षेत्रमा आइतवार लरीले धक्का दिँदा एकजना बाइक चालक युवक गम्भीर रूपमा घाइते भए। घाइते युवकको नाम एमडी जीवन हो।दुर्घटनापछि क्षेत्रमा तनाउ व्याप्त भयो। घटनाको कारणले रूष्ट स्थानीय मानिसहरूको भीड़ले लरी तोड़फोड़ गरे। स्थितिलाई नियन्त्रण गर्नको लागि ठूलो संख्यामा पुलिस बललाई तैनाथ गरिएको छ। स्थानीय सुत्र अनुसारमहेन्द्रपुर बस स्ट्याण्ड नजिकै तुलसीहाटादेखि भालुका जाने स्टेट हाइवेमा एकजना बाइक चालकलाई लरीले धक्का दियो।घटनाको सूचना पाएर लगत्तै हरिश्चन्द्रपुर थानाको पुलिस घटनास्थलमा पुग्यो अनि स्थितिलाई नियन्त्रण गऱ्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement