असम: पथारकांदीमा दुई पुलिसकर्मीको सड़क दुर्घटनामा मृत्यु

4104188-5

करिमगञ्ज: पथारकांदी बाईपास मार्गमा भएको एक भयानक सड़क दुर्घटनामा दुईजना पुलिसकर्मीको मृत्यु भएको छ। यो दुर्घटना त्यसबेला भयो जतिबेला तीव्र गतिको बाइकमा सवार असम पुलिसका दुई जवानको बाइक ट्रकसित ठोक्किदा दुवैको घटनास्थलमै मृत्यु भयो। मृतकहरूको पहिचान राजीव बर्मन र बुधन बर्मनको रूपमा भएको छ।
मृतकद्वय १५औं असम पुलिस बटालियन (एपीबीएन)- का जवान थिए। बाईपास रोडमा मानिकपारा क्षेत्रमा बलुवा लादिएको ट्रक (एएस- १०- ६४६४)- लाई अवैध पार्किंगमा राखिएको थियो। ट्रकमा पार्किंग लाइट पनि बलेको थिएन जसले गर्दा गए मध्य राती यो दुर्घटना भयो। बाइक (एएस-०१ ई-४०४२) -मा दुवै पुलिसकर्मी सवार थिए। मृतक राजीव बर्मन करिमगञ्जको खिलारबन्द क्षेत्रका बासिन्दा थिए भने बुधन बर्मनको घर दुर्लभछेड़ामा थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement