उपसभामुख र हपै प्रान्तीय जनकांग्रेस स्थायी समितिका उपाध्यक्ष बीच भेटवार्ता

IMG-20241018-WA0229

काठमांडू: नेपालको प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना र चीनको हपै प्रान्तीय जनकांग्रेसको स्थायी समिति उपाध्यक्ष चाङ मेइच बीच भेटवार्ता भएको छ।
चीनको १४ औं राष्ट्रिय जन कांग्रेसको स्थायी समितिको सदस्यसमेत रहनुभएका हपै प्रान्तीय जन कांग्रेसको स्थायी समितिको उपाध्यक्ष चाङ मेइच र उपभामुख राना बीच गुरुबार संसद् सचिवालयस्थित उपसभामुख रानाको कार्यकक्षमा भेटवार्ता भएको छ।
भेटमा उपसभामुख रानाले चीन र चिनियाँ जनताले नेपालको विकास प्रयासमा निरन्तर सहयोग गरेकोमा कृतज्ञता व्यक्त गर्दै चीन सधैँ नेपालको भरपर्दो साझेदार रहेको बताइन्। उनले नेपालमा दैवी प्रकोप लगायतका कठिन घडीमा चिनियाँ पक्षबाट प्रदान गरिएको उदार सहयोगको कदर गर्दछौं भनिन्।
‘‘हाम्रो सदियौं पुरानो मित्रता र लामो समयदेखिको सहयोगलाई अभिवृद्धि गर्न नेपाल र चीनले सँगै काम गर्न सक्ने थुप्रै क्षेत्रहरू छन्।’’ उनले भनिन, ‘‘हामी दुई देश र जनताको पारस्परिक हितमा नेपाल-चीन सम्बन्धलाई नयाँ उचाइमा लैजान तत्पर छौं।’’
नेपालको प्रमुख विकास प्राथमिकताहरूमा कृषि, जलविद्युत् र पूर्वाधार विकास, कनेक्टिभिटीका सबै मोड, निर्यात प्रवर्द्धन, औद्योगिक उत्पादन, विदेशी लगानी र पर्यटन क्षेत्रहरू समावेश रहेको उल्लेख गर्दै उपसभामुख रानाले नेपालका प्राथमिकताका क्षेत्रहरूमा मिलेर काम गर्न सकिने धारणा पनि राखिन्।
उनले रोजगारीका अवसर सिर्जना गर्ने र आर्थिक वृद्धि, प्रगति र समृद्धिलाई सहयोग गर्ने उद्देश्यले विकासका प्राथमिकताका क्षेत्रमा चिनियाँ सहयोग र लगानीलाई नेपालले सधैं स्वागत गर्छौ भनिन्। दुई देशका विचमा संसदीय अनुभव आदनप्रदानका लागि पनि यो भेट महत्त्वपूर्ण हुने उपसभामुख रानाले विश्वास व्यक्त गरिन्।
उनले औद्योगिक क्षेत्रको रुपमा विकास भएको हपै प्रान्तमा वायु प्रदूषण र वातावरण संरक्षणका लागि गरिएका प्रयासका बारेमा पनि संसदीय टोलीसँग जिज्ञासा राखेकी थिइन्।
हपै प्रान्तीय जन कांग्रेसको स्थायी समितिको उपाध्यक्ष झाङ मेइझीले चीनियाँ जनकांग्रेस र नेपालको सङ्घीय संसदका बिचमा संसदीय अनुभव आदानप्रदान हुँदै आएको चर्चा गर्दै अर्थतन्त्र, शिक्षा, पर्यटन र सांस्कृतिक क्षेत्रमा नयाँ आधार तय गर्न चाहेको बताए। उनले हपै प्राप्तमा भइरहेका विकास र परिवर्तन तथा पर्यटकीय सम्भावनाका क्षेत्रका बारेमा चर्चा गर्दै प्रान्तीय जनकांग्रेस र नेपालको संसदका बिचमा सहकार्य र अनुभव आदानप्रदान बढाउन सकिन्छ भने।
तस्बिर: आलोक शर्मा

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement