स्वच्छता ही सेवा अभियान अन्तर्गत मामरिङ तोरयोक उच्चत्तर माध्यमिक विद्यालयमा विभिन्न कार्यक्रम सम्पन्न

IMG-20241001-WA0301

खरसाङ: खरसाङ महकुमा अन्तर्गत सिटोङ दुई ग्राम पञ्चायतको मामरिङ तोरयोक उच्चत्तर माध्यमिक विद्यालयमा स्वच्छता ही सेवा अभियान अन्तर्गत विभिन्न कार्यक्रमहरू सम्पन्न गरिएको छ। आकाशावाणी खरसाङ र मामरिङ तोरयोक उच्चत्तर माध्यमिक विद्यालयको संयुक्त आयोजनामा सम्पन्न उक्त स्वच्छता ही सेवा पखवाड़ा कार्यक्रममा विद्यार्थीहरूलाई लिएर विभिन्न कार्यक्रमहरू आयोजना गरिएको छ। गत १७ सेप्टेम्बरदेखि २ अक्टोबरसम्म चल्ने स्वच्छता ही सेवा अभियान अन्तर्गत मामरिङ तोरयोक उच्चत्तर माध्यमिक विद्यालयमा विद्यार्थीहरूलाई लिएर हाजिरी जवाब प्रतियोगिता आयोजना गरिएको छ। उक्त प्रतियोगितामा चारवटा हाउसहरूलाई लिएर हाजिरी जवाब प्रतियोगिता सम्पन्न भयो जसलाई आकाशवाणी खरसाङको प्रसारण निष्पादिका योजना मोहोराले सञ्चालन गरेकी थिइन्। कार्यक्रममा विद्यार्थीहरूले कविता वाचन पनि गरेका थिए। कार्यक्रममा विद्यार्थीहरूलाई लिएर विभिन्न कार्यक्रमहरू आयोजना गरिएको थियो। हाजिरी जवाब प्रतियोगितामा सहभागी विद्यार्थीहरूलाई प्रमाण पत्र वितरण गरिएको थियो। यसको साथै विद्यालय परिसरमा वृक्ष रोपणको कार्य पनि गरिएको थियो। कार्यक्रममा स्वच्छता ही सेवा अभियान विषयमा आकाशवाणी खरसाङको कार्यक्रम प्रमुख पारसचन्द्र आलेले सम्भाषण राखेका थिए। त्यसरी नै विद्यालयको पक्षबाट प्रधान अध्यापक किरण लामाले वक्तव्य राखेका थिए। देशभरि चलिरहेको स्वच्छता ही सेवा अभियान अन्तर्गत मामरिङ उच्चत्तर माध्यमिक विद्यालयमा भएको कार्यक्रमलाई आकाशवाणीको तर्फबाट प्रसारण निष्पादक मनन तामाङले सञ्चालन गरेका थिए भने विद्यालयको पक्षबाट एकजना सह शिक्षक चले सञ्चालन गरेका थिए। यस कार्यक्रममा आकाशावाणी खरसाङको तर्फबाट कार्यक्रम प्रमुख पारसचन्द्र आलेको अगुवाईमा टोली नै गएका थिए। यसमा उनीबाहेक कार्यक्रम निष्पादक राजीव सुब्बा, प्रसारण निष्पादकहरू मिङमा दोर्जे, मनन तामाङ र योजना मोहोरा लगायत पूर्णिमा प्रधान, सौरभ, नवराज राई, अभिषेक गोयल। मौसम नेवार पनि उपस्थित रहेका थिए। माममिरङ तोरयोक उच्चत्तर माध्यमिक विद्यालयमा आयोजित स्वच्छता ही सेवा अभियान अन्तर्गत सम्पन्न कार्यक्रमम़ विषयमा आकाशवाणी खरसाङको कार्यक्रम निष्पादक राजीव सुब्बावे पत्रकारहरूसित कुराकानी गर्दै गत १७ सेप्टेम्बरदेखि २ अक्टोबरसम्म देशभरि चलिरहेको स्वच्छता ही सेवा पखवाडा अन्तर्गत मामरिङ तोरयोक उच्चत्तर माध्यमिक विद्यालयमा आकाशवाणी खरसाङसित मिलेर संयुक्त रुपमा विभिन्न कार्यक्रम आयोजना गरिएको बताएका छन्।

उनले यस अन्तर्गत विद्यार्थीहरूलाई लिएर हाजिरी जवाब प्रतियोगिता साथै कविता वाचन, वृक्ष रोपण कार्य सम्पन्न गरिएको जानकारी गराएका छन्। उनले यो स्वच्छता ही सेवा पखवाडा केवल पन्ध्र दिन मात्रै नगरेर अन्य दिनहरूमा स्वच्छतालाई लिएर सचेत रहने र सर सफाई गर्न मानिसहरूलाई आह्वान् गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement