ठमेलमा गुण्डागर्दी गर्ने ६३ जना पक्राउ

IMG-20240924-WA0087

भद्रपुर: काठमांडूको ठमेलबाट ६३ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत लैनचौर सोह्रखुट्टेले ठमेलस्थित एक रेस्टुरेन्टबाट रविबार राति ६३ जनालाई नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरी वृत्त लैनचौरका अनुसार राति रेस्टुरेन्टमा होहल्ला गर्ने, गुण्डागर्दी गर्नेहरुलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा सोनाम गुरुङ, विनोद रावल, निराजन डाँगी, राजन गिरी, विकास सिजापती, सेकेन्धर सुनार, ऋषि योगी, दिनेश विष्ट, सुशान्त भुल, विमल मगर, सुमन क्षेत्री, सम्राज परियार, सरोज थापामगर, प्रज्वल बस्नेत, आकाश सुनार, सरोज नेपाली, निराजन गिरी, विश्व श्रेष्ठ, पङ्कज गुरुङ र माधव खतिवडा छन्। पक्राउ परेकामाथि छानबिन सुरु भएकाले मुद्दा चलाउने नचलाउनेबारे निर्क्यौल हुने लैनचौर प्रहरी वृत्तले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement