पहाडमा वर्षाका कारण बढ्यो टिस्टाको बहाव
जलपाईगुडी: उत्तर बंगालका विभिन्न स्थानमा छुटफुट वर्षा सुरु भएको छ। यहाँ पहाडमा लगातारको वर्षाका कारण टिस्टा नदीमा पनि पानीको बहाव बढ्दै गएको छ। बंगलादेशको सीमासम्म टिष्टा डोम्हानी र मेखलिगञ्जका असुरक्षित क्षेत्रमा पहेँलो अलर्ट जारी गरिएको छ। शुक्रबार बिहानैदेखि जलपाईगुडीमा आकाशमा बादल लागेको छ। हल्का वर्षा पनि भएको छ। केन्द्रीय बाढी नियन्त्रण कक्ष जलपाईगुडीका अनुसार शुक्रबार बिहान ११ बजे जलपाईगुडी टिस्टाको गजलडोबा ब्यारेजबाट छोडिएको पानीको मात्रा १५३०.७२ क्यूमेक छ।