एसिया सोसाइटी इण्डिया सेन्टर बोर्डद्वारा संगीता जिन्दल नयाँ अध्यक्षमा नियुक्त

Mrs-Sangita-Jindal

मुम्बई: एसिया सोसाइटी इण्डिया सेन्टर बोर्डले संगीता जिन्दललाई आफ्नो बोर्ड अफ डाइरेक्टरको नयाँ अध्यक्षमा चयन गरेको छ। उनको नियुक्ति हिजो (१ अप्रिल)देखि लागू भएको छ। एसिया सोसाइटी इण्डिया सेन्टरकी सीईओ इनाक्षी सोब्तीले भनिन्, ‘म एसिया सोसाइटी इण्डिया सेन्टरको बोर्डकी अध्यक्षमा संगीता जिन्दललाई स्वागत गर्न पाउँदा खुशी छु। उनी दक्षिण एसियामा हाम्रो मिशनको लागि धेरै सहयोगी हुन्, र भारत र दक्षिण एसियामा समकालीन कलालाई समर्थन गर्ने उहाँको काम परिवर्तनकारी शक्ति भएको छ। म एसिया सोसाइटीसँग दक्षिण एसियामा आफ्नो कामलाई बलियो बनाउनको लागि काम गर्न तत्पर छु।‘

संगीता जिन्दल आर्ट इण्डियाकी अध्यक्ष तथा जेएसडब्ल्यु फाउन्डेशनकी अध्यक्ष हुन्। यो फाउन्डेशन जेएसडब्ल्यू ग्रुप अफ कम्पनीको सामाजिक विकास परियोजनाहरूको लागि जिम्मेवार छ। विगत बीस वर्षदेखि उनले जेएसडब्लु फाउन्डेशनको नेतृत्व गरिरहेकी छिन्, यसले शिक्षा, स्वास्थ्य, जीविकोपार्जन, स्थानीय खेलकुद विकास र कला र सांस्कृतिक सम्पदाको संरक्षणका क्षेत्रमा आफ्ना गतिविधिहरूको दायरा विस्तार गरेको छ। उनले सन् १९९२ मा जिन्दल कला केन्द्रको स्थापना गरे र १९९४ मा भारतको अग्रणी कला पत्रिका ‘आर्ट इण्डिया’ को स्थापना गरिन्। उनी काला घोडा कला महोत्सवको परिकल्पना गर्ने टोलीमा सामेल थिइन् र २००४ मा आइसेनहोवर फेलोशिपद्वारा सम्मानित भएकी हुन्।

उनले हम्पी फाउन्डेसन स्थापना गरिन्, जसले हम्पीका तीनवटा मन्दिरको संरक्षणको काम गर्यो। उनी एसिया सोसाइटीकी ग्लोबल ट्रस्टी र नेशनल फण्ड फर कल्चरको बोर्ड अफ डाइरेक्टरको सदस्य हुन्। उनी विश्व स्मारक कोषको ट्रस्टी, टेडएक्स गेटवेको सल्लाहकार र आईएमसी लेडीज विङ्ग  कला, संस्कृति र चलचित्र समितिको सदस्य पनि हुन्। जोन डी. रकफेलर तृतीयद्वारा १९५६ मा स्थापित एसिया सोसाइटी न्यूयोर्क, ह्युस्टन, र हङकङमा प्रमुख केन्द्रहरू र सार्वजनिक भवनहरू र लस एन्जलस, मनिला, मेलबर्न, सान फ्रान्सिस्को, सिएटल, सियोल, सिड्नी, टोकियो, वाशिंगटन डी.सी. र जुरिक, मुम्बईमा कार्यालयहरू भएको गैर-पक्षीय, गैर-लाभकारी संस्था हो। इण्डिया सेन्टर २००६ मा स्थापित भएको थियोl यो दक्षिण एसियाको एक मात्र एसिया सोसाइटी सेन्टर हो र आधुनिक एसियामा विविध परिप्रेक्ष्यहरू एकसाथ ल्याउने अनि एसिया-प्रशान्त मामिलाहरूको राम्रो र गहिरो समझको विकास गर्ने उद्देश्यमा सम्पूर्ण उपमहाद्वीपलाई संलग्न गराउने लक्ष्य राखेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *