क्रामाकपा दार्जिलिङ तराई डुवर्स चियाकमान मजदुर युनियनको तेस्रो सम्मेलन सम्पन्न

IMG-20240303-WA0206.jpg

नयाँ २७ सदस्यीय केन्द्रीय कमिटी गठ

दार्जिलिङ: क्रामाकपा दार्जिलिङ तराई डुवर्स चियाकमान मजदुर युनियनको तेस्रो सम्मेलन आज स्थानीय हिमालयन कला मन्दिर भवन दार्जीलिङमा आरके राई र एनबी प्रधानको सभापतित्वमा सभा सम्पन्न गरियो। सभामा पार्टीका वरिष्ठ नेता बीएम राईको बाहुलीबाट झण्डा उत्तोलन गरियो साथै पार्टीका वरिष्ठ नेतृत्वहरूले शहीद वेदीमा फूलमाला अर्पण गरेपछि श्रमिक आन्दोलनमा शहीद हुने ती महान श्रमिकहरूको स्मरणमा एक मिनटको मौन धारण गरियो। त्यसपछि सम्मेलन औपचारिक रुपमा सभाको सञ्चालन गरियो। सभाको सञ्चालन श्रमिक नेता रमेश राई र सन्तोष राईले गरेका थिए। सभा शुरू हुनभन्दा अघि क्रामाकपा परामर्श समितिका अध्यक्ष आरबी राई, क्रामाकपा केन्द्रीय कमिटीका अध्यक्ष जेबी राई, क्रामाकपा कार्यकारणी अध्यक्ष कम बीएम राई, क्रामाकपा महासचिव नर्बु लामाले द्वीप प्रज्ज्वलन गरेर सभाको शुभारम्भ गरे। सर्वप्रथम स्वागत भाषण श्रमिक नेता रमेश राईले गरेका थिए साथै श्रमिक नेता सुनिल राईले संगठनले अहिलेसम्म गरेको क्रियाकलापबारे सचिवको प्रतिवेदन प्रस्तुत गरेका थिए। सभामा वक्तव्य र सुझावको क्रममा भूपेन छेत्री, दिनेश छेत्री, मुन्ना तामाङले संगठनबारे वक्तव्य पेश गरेका थिए भने शेखर छेत्री, मोहन पौडेल अर्जुन थापाले संगठन कसरी विस्तार गर्नुपर्छ भन्ने विषयमा सुझाव पेश गरेका थिए। सभालाई सम्बोधन गर्ने क्रममा श्रमिक संगठनलाई कसरी बलियो बनाउने पक्षमा विश्वमा श्रमिकहरूले गरेको आन्दोलन विषयमा जातीय उन्मुक्ति र वर्ग संघर्षको कसरी निराकरण गर्नुपर्छ भन्ने विषयमा क्रामाकपा केन्द्रीय अध्यक्ष जेबी राई र परामर्श समितिका अध्यक्ष आरबी राईले वक्तव्य दिएका थिए।

अन्त्यमा पुरानो कमिटीलाई विघटन गर्दै नयाँ २७ सदस्यीय केन्द्रीय कमिटी गठन गरियो। जसमा संगठनका प्रमुख सल्लाहकार केबी सुब्बा, अध्यक्ष बीएम राई, कार्यकारिणी अध्यक्ष अर्जुन थापा, उपाध्यक्ष एसके राई, महासचिव सुनिल राई, सह सचिव आरके राई, भूपेन छेत्री र कोषाध्यक्ष बिनु राई आदिलाई सभाले सर्वसम्मतिद्वारा चयन गरियो। अन्त्यमा सभापति मण्डलीद्वारा सभा सफल भएकोमा धन्यवाद दिँदै नयाँ कमिटीलाई शुभकामना व्यक्त गर्दै सभापतिद्वारा सभा समापन गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement