राज्यसभाकी पूर्वसांसद शान्ता छेत्रीको पुस्तक ‘गोर्खा चेली इन् पार्लियामेन्ट’ लोकार्पण

8679dca9-88b4-4ee7-8d4a-f96d437d9a5e

पुस्तकबाट उठेको रकम ३५ प्रतिशत मुख्यमन्त्री राहत कोषमा नै ३५ प्रतिशत पहाडका गैर सरकारी संस्थाहरूलाई प्रदान गरिने छ: शान्ता  छेत्री

पुस्तक जीटीए क्षेत्रका पुस्तकालयहरू राखिने मुख्य कार्यपाल अनित थापाको घोषणा

खरसाङ: आफ्नो तीन दशकको राजनैतिक जीवनमा थुप्रै उतारचडाव र चुनौतीहरूको सामना गरेकी राज्यसभाकी पूर्वसांसद शान्ता छेत्रीको पुस्तक ‘गोर्खा चेली इन् पार्लियामेन्ट’ शनिबार (२ मार्च) लोकर्पण गरियोl भारतीय नेपालीहरूको सबैभन्दा जेठो संस्था गोर्खा जन पुस्तकालयमा गोर्खा सांस्कृतिक संस्थानद्वारा आयोजित लोकार्पण कार्यक्रममा मुख्य अतिथि गोर्खाल्याण्ड टेरिटोरिअल एडमिनिस्ट्रेसन (जीटीए)का मुख्य कार्यपाल अनित थापालगायत अन्य विशिष्ट अतिथिहरूको बाहुलीबाट सो पुस्तक लोकार्पित गरियोl राज्यसभामा शान्ता छेत्रीले आफ्नो छह वर्षको संसदीय कार्यकालमा आफूले उठाएकी विभिन्न मुद्दाहरूबारेको प्रश्नहरू र आफूले प्रस्तुत गरेकी विधेयकहरूलाई अंग्रेजीमा लेखिएको ७० पृष्ठको यस पुस्तकमा समावेश गरिएको छl अताउल बसकले प्रकाशन गरेको यस पुस्तकका सहलेखक भारतको सर्वोच्च अदालतका अधिवक्ता तरुण चौधरी हुन्l

पुस्तक लोकार्पणको घोषणा गर्दै जीटीएका मुख्य कार्यपाल अनित थापाले भने, ‘उनले (शान्ता छेत्री) आफ्नो राजनैतिक यात्रामा संघर्ष गरेकी छिन्l’ यसो भन्दै अनित थापाले पछिल्ला दिनहरूको दार्जीलिङ पहाडको राजनैतिक संस्कारलाई हल्का स्मरण गरेl उनले भने, ‘पहाडमा राजनैतिक संस्कार राम्रो थिएनl’ एक समय दार्जीलिङ पहाडको राजनीतिमा आफ्ना विरोधीलाई गाली गर्नुपर्ने, खेद्नु पर्ने संस्कार थियो, तर अहिले सबै परिवर्तन भएको अनित थापाले बताएl अनित थापा दार्जीलिङ पहाडका प्रमुख दल भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (भागोप्रमो)का अध्यक्ष हुन्l उनकै दलले जीटीएको शाषण चलाइरहेका छन्l ‘गोर्खा चेली इन् पार्लियामेन्ट’ पुस्तक जीटीए क्षेत्रका पुस्तकालयहरूमा राख्ने घोषणा उनले गरेl लेखिका शान्ता छेत्रीसित राजनैतिक रुपमा भिन्नता रहे पनि उनी खरसाङको गर्व रहेको अनित थापाले बताएl उनले अझ भने, ‘उनको (शान्ता छेत्री) काम गर्ने सोंच-विचारलाई सहयोग गर्नेछौंl सधैं हँसिलो रहने उनी यसरी नै रहुन्l’

यस पुस्तकको कुनै मूल्य तोकिएको छैनl यसबारेमा शान्ता छेत्रीले भनिन्, ‘यस पुस्तक जसले इच्छाअनुसार जति दिए पनि हुन्छl यस पुस्तकबाट उठेको रकमको ३५ प्रतिशत मुख्यमन्त्री राहत कोषमा, ३५ प्रतिशत दार्जीलिङ पहाडको गैर सरकारी संस्थाहरूलाई प्रदान गरिनेछ अनि रहेको ३० प्रतिशत मुद्रण खर्चमा जानेछl’  कार्यक्रमकी अध्यक्ष तथा गोर्खा सांस्कृतिक संस्थानकी अध्यक्ष आशा मुखिया लामा, सहलेखक तरुण चौधरी, प्रकाशक अताउल बसकले आफ्नो वक्तव्यमा पुस्तकबारे संक्षिप्तमा बताएl गोमा सुब्बाद्वारा संचालित कार्यक्रममा स्वागत भाषण प्रणिता मुखिया घिसिङले स्वागत भाषण राखेकी थिइन् भने हेमन्त दर्नालले लेखिका शान्ता छेत्रीको परिचय प्रस्तुत गरेl प० तुलसी अधिकारीले मन्त्रोच्चारण गरेपछि कार्यक्रम शुरु गरिएको थियोl  कार्यक्रममा विशिष्ट अतिथिहरूमा मिरिक नगरपालिकाका अध्यक्ष एलबी राई, खरसाङ महाविद्यालयका प्राचार्य समीर बल, खरसाङ खण्डकी पंचायत समितिकी अध्यक्ष अनु प्रधान उपस्थित थिएl          

राज्यसभामा आफ्नो छह वर्षको कार्यकालमा शान्ता छेत्रीले धेरै मुद्दाहरूबारे प्रश्न उठाएकी छिन् भने १४ वटा निजी विधेयकहरू प्रस्तुत गरेकी छिन्l नेपाली जाति भित्रको ११ जातलाई जनजातिको दर्जा दिने उनले उठाएकी हुन् भने लेप्चा भाषालाई संविधानको आठौँ अनुसूचीमा अन्तर्भुक्त गर्ने माग गर्दै निजी विधेयक प्रस्तुत गरेकी छन्l यसका साथै सिलगगढीलाई इन्टरनेसनल मार्केट बनाउने, दार्जीलिङको पर्यटनलाई बढोत्तरी गराउने, कालेबुङमा फिल्म एण्ड म्युजिक इन्स्टिच्युट, खरसाङमा गोर्खा इन्स्टिच्युट अफ फेशन एण्ड डिजाइनको माग गर्दै निजी विधेयक प्रस्तुत गरेकी छन्l आफू विधायक रहँदा दार्जीलिङ पहाडमा इन्टिग्रेटेड चाइल्ड डेभलपमेन्ट  स्कीम (आईसीडीएस) शुरु गराउनमा उनको मुख्य भूमिका रहेको छl   

खरसाङमा जन्मिएकी पुस्तककी लेखिका शान्ता छेत्री दार्जीलिङ पहाडको राजनीतिमा सन् १९९४ मा स्व. सुवास घिसिङको नेतृत्वमा रहेको गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो)बाट उदाएकी हुन्l सन् १९९४ मा खरसाङ नगरपालिकाको चुनावमा हुँदा उनी पाँच नम्बर वार्डबाट नगरपार्षद निर्वाचित भएकी हुन्l यसको दुई वर्ष पछि सन् १९९६ मा गोरामुमोको उम्मेदवारको रुपमा पश्चिम बंगाल विधनसभामा विद्यायक निर्वाचित भइन्l यसपछि लगातार दोस्रो अनि तेस्रो पटक चुनव जितेर सन् २०११ सम्म तीन पटक पश्चिम बंगाल विधानसभामा विधयक रहिन्l सन् २००८ मा दार्जीलिङ पहाडमा राजनैतिक उतारचडावको राजनैतिक कुसंस्कारका कारण उनले निक्कै कठिन संघर्षका साथ कडा चुनौतीको सामना गर्नु परेको थियोl सन् २०१४ मा शान्ता छेत्रीले पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीको नेतृत्वमा रहेको इण्डिया तृणमूल कांग्रेस (टीएमसी)मा सामेल भइन्l ३१ जुलाई २०१७ मा उनी टीएमसीकै उम्मदेवारको रुपमा राज्यसभाको लागि सांसद निर्वाचित भइन्l भारतको संसदमा उनी तेस्रो नेपाली महिला सांसद हुन्l उनका अघि राज्यसभामा खरसाङ निवासी स्व. मायादेवी छेत्री, सन् १९९० को दशकमा सिक्किमबाट लोकसभामा दिलकुमारी भण्डारी सांसद बनेकी हुन्l १८ अगस्त २०२३ मा उनको राज्यसभाको कार्यकाल समाप्त भएको होl      

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *